
मुलुक डेस्क, महोत्तरी । २०७८ मंषिर ०३, शुक्रवार
नेपाली कांग्रेसको जारी चौधौं महाधिवेशनमा महोत्तरी मनराशिसवा नगरपालिकाको नगर कार्य समितिको सभापतिमा संजिव कुमार यादव निर्वाचित भएका छन ।
गुट उपगुटको विवादले देखिएको खिचातानी पश्चात् दुई समुहवीच निर्वाचन मार्फत प्रतिनिधि निर्वाचित भएको हो। वडा न. २ कट्टीका केशरी किशोर सिंहको पुरै प्यानललाई पराजित गर्दै वडा न. २ भोल्हिका संजिव कुमार यादवले जित हात पार्न सफल भए ।
कूल १५५ मातदाता रहेकोमा यादवले ८९ मत प्राप्त गरि विजयी भए। प्रतिद्वन्द्वी सिंहले ६३ मत प्राप्त गरे भने बाँकि ३ मत बदर भएको जानकारि मतदान अधिकृत विमलेश यादवले गराए । मनरामा हिजो दिनभरी चलेको मतदान प्रक्रियाको नतिजा राती १२ बजे घोषणा भएको थियो ।
यादवको प्यानलतर्फ उपसभापतिमा मिथिला बिहारी र सुरेश यादवद्व्य, सचिव मा अमोद कुमार ओझा र नवल किशोर राय, सहसचिवमा राज किशोर ठाकुर र मनोज कुमार चौधरी, सदस्यहरुमा पुनम देवि, नवीन यादव, लव कुमार यादव र रामचन्द्र महतो रहेका छन ।

यसैगरी मनराशिसवा नगरपालिका वडा न. १, मनरामा भएको वडा कार्य समितिको सभापतिमा रामनरेश रजक(आशे) चयन भएका हुन । र बाँकि क्षेत्रीय प्रतिनिधिहरुमा अनिल सिंह, अमोद सिंह, माधव सिंह, सुरेन्द्र प्रसाद सिंह, गोपाल प्रताप सिंह, मंजुदेवी सिंह, मनोज चौधरी, अमित चौधरी, संजय मिश्र, रिना चौधरी, सुधा चौधरी, रंजना राय, रामदेव ठाकुर, कम्पित यादव, इन्दु मण्डल र राजेश्वर खत्वे चयन भएका थिए ।