८८ दिन पछी १६ मन्त्री र २ राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् पूर्णता ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २२, शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिन पछी मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। शुक्रबार सत्ता गठबन्धमा आबद्ध चार दललाई समेटेर देउवाले पूर्णता दिएका हुन्। राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद पुनः गठन तथा जिम्मेवारी हेरफेर भएको जानकराी दिएको छ। देउवाको […]

एकीकृत नेपाल शिक्षक संगठन शहिदनगरको अध्यक्षमा श्रीकृष्ण भिनवार चयन ।

राजन झा, जनकपुर । २०७८ आश्विन २१, बिहीवार नेकपा माओवादी समर्थित एकीकृत अखिल नेपाल शिक्षक संगठन शहिदनगर नगरपालिकाको दोस्रो नगर परिषद सम्पन्न भएको छ । श्रीकृष्ण भिनवारको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको प्रदेश सदस्य तथा शहिदनगरका मेयर उदय कुमार बरबरिया यादबको प्रमुख आतिथ्यमा आयोजित नगर परिषद पुनः श्रीकृष्ण भिनवार यादबको अध्यक्षतामा १७ सदस्य शहिदनगर नगर कमिटी […]

प्रदेश २ मुख्यमन्त्री राउतले पाए विस्वासको मत ।

राजन झा, जनकपुरधाम । २०७८ आश्विन २०, बुधवार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत पाएका छन्। जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले संवैधानिक प्रावधानअनुसार बुधबार विश्वासको मत लिएका हुन् । प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य […]

मुख्यमन्त्री राउतको दावी साइकल सार्वजनिक खरिद ऐन कानुन अनुरुप ।

राजन झा, जनकपुरधाम। २०७८ आश्विन २०, बुधवार मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार बेटी पढाउ, बेटी बचाउ कार्यक्रमको लागि खरिद गरेको साइकल सार्वजनिक खरिद ऐन अनुसार नियम संगत रहेको प्रष्ट पारेका छन । प्रदेश सभाको बैठकमा विपक्षी दलका प्रदेश सभा सदस्यहरुले उठाएको प्रश्नको जवाव दिदै मुख्यमन्त्री राउतले इ–विडिङ्ग मार्फत खरिद गरिएको साइकलमा कुनै अनियमितता नरहेको दावी […]

नेपाल प्रहरीको भूमिका अझ प्रभावकारी हुनुपर्ने: मुख्यमन्त्री राउत ।

राजन झा, जनकपुरधाम । २०७८ आश्विन २०, बुधवार मुख्यमन्त्री लालबाबु राउतले शान्ति सुरक्षाको सवालमा नेपाल प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन । ६६ औ प्रहरी दिवसको अवसरमा प्रदेश नं. २ प्रदेश प्रहरी कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्री राउतले आन्तरिक सुरक्षाको जिम्मेवारी प्राप्त नेपाल प्रहरीको भूमिका सराहनीय रहेको उल्लेख गर्दै अझ […]

विभिन्न पार्टीका सयौ नेता कार्यकर्ता जसपामा प्रवेश ।

राजन झा, जनकपुरधाम । २०७८ आश्विन १९, मंगलवार विभिन्न पार्टी परित्याग गर्दै सयौ नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवे्श गरेका छन । धनुषा जिल्लाको हंसपुर नपा वडा नं. ४ मणिपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरेका करिब ३ सय जना जसपामा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई गम्छा र […]

लोसपाले प्रदेश २ मुख्यमन्त्री राउतको राजीनामा माग्ने ।

राजन झा, जनकपुर । २०७८ आश्विन १८, सोमवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको बैठकमा लोसपा प्रदेश २ संसदीय दलको मुख्यमन्त्री राउतको राजीनामा माग्ने निर्णय गरेको छ् । भ्रष्टाचारको आरोप लागेपछि मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने निर्णय गर्न लोसपा दलको बैठकमा छलफल भइरहेको बुझिएको छ । एक सांसदले भने, ‘असोज २० गते राखिएको […]

नेपाल भारत प्रत्येक नाका खोल्नु पर्ने माग सहित सिमा संबाद समूहद्वारा धर्ना

बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन १८, सोमवार नेपाल भारत खुला सिमा संबाद समूह द्वारा कोरोनाको बहानामा बंद रहेको प्रत्येक नाका खोल्नु पर्ने माग सहित धर्ना दिएको छ् । नेपाल भारत सिमा खुला गराउन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको संबाद समुहका अध्यक्ष राजीव झाले जनाएका छन । एक महिनासम्म […]

अख्तियारको छापाको विरोधमा सत्तारुढ जसपाद्वारा जनकपुरधाममा मोटरसाइकल जुलुस ।

राजन झा, जनकपुर । २०७८ आश्विन १७, आइतवार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापाको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले आज जनकपुरधाममा मोटरसाइकल जुलुस निकालेको छ । जसपा मधेस प्रदेश समितिले घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत विरोध प्रदर्शन गरिएको हो । रेल्वे स्टेशनबाट जसपाका नेता कार्यकर्ताले निकालेको मोटरसाइकल जुलुस बजार परिक्रमा गरेको […]

एमालेमा ७० वर्षे उमेर हद

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १७, आइतवार नेकपा एमालेले ७० वर्षे उमेर हदको व्यवस्थालाई कायमै राखेको छ।एमालेको विधान महाधिवेशनमा पार्टीका उपमहासचिव विष्णु पौडेलले सहभागीहरूको सुझावसहित नयाँ व्यवस्था सुनाउँदै यस्तो व्यवस्था गरिएको बताए। एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई सहज हुनेगरी उमेर हद कायम गरेको पनि बुझिएको छ । पौडेलले भने, ‘उमेर हदको बारेमा कुनै पनि […]