
बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन १८, सोमवार
नेपाल भारत खुला सिमा संबाद समूह द्वारा कोरोनाको बहानामा बंद रहेको प्रत्येक नाका खोल्नु पर्ने माग सहित धर्ना दिएको छ् ।
नेपाल भारत सिमा खुला गराउन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको संबाद समुहका अध्यक्ष राजीव झाले जनाएका छन । एक महिनासम्म बोर्डरमा धर्ना बिचार गोष्टि जनजागरण जुम प्रबिधि मार्फत संबाद लगायतका बिरोधका कार्यक्रमहरु पनि गरेको छ।
अहिले प्रत्येक जिल्लामा एक नाकाबाट गाडी आबत जाबतको क्रम सुरु भएको छ। तर समुहको माग प्रत्येक नाका खुला हुनुपर्ने हो।
नेपाल भारत सिमास्थित प्रत्येक नाका खुला गर्नु पर्छ भन्ने मांगका साथ धनौजी गापा अध्यक्ष जिबेन्द्र झा को अध्यक्षता र राजीव झाको प्रमुख आतिथ्यमा धर्ना कार्यक्रम गरिएको हो ।
डा अजय मिश्रा, उपेन्द्र मंडल सन्तोष मंडल राम सोगारथ भगत नथुनी मंडल राजु मंडल सहित सोही गापा वार्ड नम्बर-4 भररिया नाकामा सयौंको संख्यामा ग्रामीणहरुद्वारा सिमामा एक दिने धर्ना कार्यक्रम गरिएको छ।
यसै नाकामा केहिदिन अगाडि मेन बाटोबाट ग्रामीणलाई जान नदिए पछि नदि तरि जाँदै गरेको 2 जना ग्रामीणको नदिमा डुबि ज्यान गुमाउनु परेको थियो।