मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १७, आइतवार

नेकपा एमालेले ७० वर्षे उमेर हदको व्यवस्थालाई कायमै राखेको छ।एमालेको विधान महाधिवेशनमा पार्टीका उपमहासचिव विष्णु पौडेलले सहभागीहरूको सुझावसहित नयाँ व्यवस्था सुनाउँदै यस्तो व्यवस्था गरिएको बताए।

एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई सहज हुनेगरी उमेर हद कायम गरेको पनि बुझिएको छ । पौडेलले भने, ‘उमेर हदको बारेमा कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नपुग्दासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पुगे पनि काम गर्न पाउने व्यवस्था गरेको छ।’

उमेर हद कायमै भएपछि मंसिरमा हुने महाधिवेशन ओलीलाई सहज बन्ने भएको छ । यस्तै, कार्यकारी पदमा कुनै एउटा व्यक्ति दुई पटक मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था गरेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *