मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २२, शुक्रवार

प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिन पछी मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। शुक्रबार सत्ता गठबन्धमा आबद्ध चार दललाई समेटेर देउवाले पूर्णता दिएका हुन्।

राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद पुनः गठन तथा जिम्मेवारी हेरफेर भएको जानकराी दिएको छ।

देउवाको नेतृत्वमा असार २९ गते सरकार बनेको थियो। मन्त्रीहरुको शपथ ग्रहण दिउँसो ४ बजे राष्ट्रपति कार्यालयमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *