राजन झा, जनकपुर । २०७८ आश्विन २१, बिहीवार

नेकपा माओवादी समर्थित एकीकृत अखिल नेपाल शिक्षक संगठन शहिदनगर नगरपालिकाको दोस्रो नगर परिषद सम्पन्न भएको छ । श्रीकृष्ण भिनवारको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको प्रदेश सदस्य तथा शहिदनगरका मेयर उदय कुमार बरबरिया यादबको प्रमुख आतिथ्यमा आयोजित नगर परिषद पुनः श्रीकृष्ण भिनवार यादबको अध्यक्षतामा १७ सदस्य शहिदनगर नगर कमिटी गठन गरिएको छ ।

नव गठित कमिटीको बरिष्ट उपाध्यक्षमा सदरे आलम, महिला उपाध्यक्ष रंजु कुमारी यादब, उपाध्यक्ष राजदेब साह, सचिब धर्मनाथ यादव, अर्थ सचिब गुलाब बाबू साह, सह- सचिव देबचन्द्र यादव लाई चयन गरिएको छ ।

कमिटीको सदस्यहरुमा प्रभा पासमान, रंजु कुमारी मंडल, सुनिला कुमारी यादब, बबिता यादव , निरज मंडल, रंजेश यादव , बिनोद मंडल, महेश्वर पंडित, ममता देबी मंडल र उमेश कुमार साह रहेका छन ।

नगर परिषदमा नेकपा माओवादीको नगर अध्यक्ष तथा वडा न. ८ को वडा अध्यक्ष तनुकलाल कुशियैत यादव , बरिष्ठ नेता बैजनाथ मंडल, शिक्षक महासंघका केन्द्रिय सदस्य दिनेश राय, एअनेशिसंका जिल्ला अध्यक्ष धर्मेन्द्र यादव , राहत जिल्ला अध्यक्ष मोती यादव , सबैला नगर अध्यक्ष मनोज यादव , नेकपा माओवादी नगर सचिब तथा वाइसिएल प्रदेश सदस्य रामकिशोर पासमान, वाइसिएल नगर अध्यक्ष मनोज कुमार मंडल, वाइसिएल सचिव रामकुमार यादव , वडा न. ३ माओवादी पार्टी संयोजक मुक्ति साह लगायत एअनेशिसंका आबद्ध शिक्षकहरुको उपस्थिति रहेकोे थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *