राजन झा, जनकपुरधाम। २०७८ आश्विन २०, बुधवार

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार बेटी पढाउ, बेटी बचाउ कार्यक्रमको लागि खरिद गरेको साइकल सार्वजनिक खरिद ऐन अनुसार नियम संगत रहेको प्रष्ट पारेका छन ।

प्रदेश सभाको बैठकमा विपक्षी दलका प्रदेश सभा सदस्यहरुले उठाएको प्रश्नको जवाव दिदै मुख्यमन्त्री राउतले इ–विडिङ्ग मार्फत खरिद गरिएको साइकलमा कुनै अनियमितता नरहेको दावी गरे ।

मुख्यमन्त्रीले साइकल खरिदमा अनियमितता भएको भनि विभिन्न पक्ष बाट उठाइएको प्रश्न कपोलकल्पित र पूर्वाग्रही रहेको दावी गरे।

दुई चरणमा खरिद गरिएको साइकल मध्ये पहिलो चरणमा ओम सत्य साइ प्राली पर्सा रु ५७०० , सान्यो इन्टरनेशनल जेभी काठमाडौ रु ७५७६ , द डिजाइनर्स नेपाल जे भि भरतपुर रु ६८३१ , म्याप इन्टरप्रिन्युर्स काठमाडौ रु ६१५०, र विकास जेनरल ट्रेडिङ्ग रु ८५०१ कवोल गरेकोमा न्युन्तम कबोल गर्ने ओम सत्य साइ प्राली पर्सालाई टेण्डर दिइएको तथ्यांक उनले प्रष्ट पारे ।

त्यसै गरि दोस्रो चरणमा गरिएको टेण्डरमा ओम सत्य साइ प्राली पर्सा ले रु ७५०० , सान्यो इन्टरनेशनल जेभी काठमाडौ रु ७४७५ कबोल गरेको तथा म्याप हेलिक्स जेभिको कबोलमा प्राविधिक त्रुटी देखिएकोले न्युनतम कबोल गर्ने सान्यो इन्टरनेशनल जेभी काठमाडौसंग सम्झौता गरि खरिद गरिएको बताए ।

सार्वजनिक खरिद ऐन अनुरुप इ–विडिङ्ग मार्फत खरिद गरिएको साइकलमा अनियमितता भएको भन्नु आफैमा हास्यास्पद, कपोलकल्पित र पूर्वाग्रही रहेको उनको कथन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *