
राजन झा, जनकपुर । २०७८ आश्विन १८, सोमवार
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको बैठकमा लोसपा प्रदेश २ संसदीय दलको मुख्यमन्त्री राउतको राजीनामा माग्ने निर्णय गरेको छ् ।
भ्रष्टाचारको आरोप लागेपछि मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने निर्णय गर्न लोसपा दलको बैठकमा छलफल भइरहेको बुझिएको छ । एक सांसदले भने, ‘असोज २० गते राखिएको प्रदेशसभा बैठक अवरद्ध गर्ने र मुख्यमन्त्रीको राजीनामा माग्ने विषयमा बैठकमा छलफल चलिरहेको छ ।’
साइकल खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार छापा मारेको थियो । अख्तियारको टोलीले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तर छापामारीको सत्तारुढ जसपा आन्दोलित बनेको छ ।
असोज २० गते बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने बताइएको छ । तर उक्त बैठक अवरुद्ध गर्ने र मुख्यमन्त्री राउतको राजीनामा माग्ने लोसपाले तयारी गरेको छ ।