
राजन झा, जनकपुरधाम । २०७८ आश्विन २०, बुधवार
मुख्यमन्त्री लालबाबु राउतले शान्ति सुरक्षाको सवालमा नेपाल प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन ।
६६ औ प्रहरी दिवसको अवसरमा प्रदेश नं. २ प्रदेश प्रहरी कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्री राउतले आन्तरिक सुरक्षाको जिम्मेवारी प्राप्त नेपाल प्रहरीको भूमिका सराहनीय रहेको उल्लेख गर्दै अझ प्रभावकारी बनाउन आग्रह गरेका छन ।
कर्तव्य पालनाको क्रममा शहादत प्राप्त नेपाल प्रहरीका जवान एवं अधिकृतहरु प्रति श्रद्धासुमन अर्पण गर्दै मुख्यमन्त्री राउतले प्रहरी संगठनलाई थप चुस्त दुरुस्त बनाउन प्रदेश सरकार तत्पर रहेको उल्लेख गरे ।
प्रदेश सरकार प्रदेशको आन्तरिक शान्ति सुरक्षाको लागी नेपाल प्रहरीसंग समन्वय गर्दै नेपाल प्रहरीलाई थप सशक्त बनाउन स्थापना काल देखी नै सहयोग गर्दे आएको समेत उल्लेख गरे ।
प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आन्तरिक मामिला तथा संचार मंत्री भरत प्रसाद साह, राज्य मन्त्री रुवी कुमारी कर्ण सहितले शुभकामना मन्तव्य राखेक थिए । कार्यक्रममा शहिद प्रहरी परिवार , सहयोगी संघ संस्था एवं व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।