सुनसरीमा लकडाउन, सेना परिचालन

२ जेष्ठ २०७८ | मुलुक डेस्क सुनसरीमा शनिबारदेखि जेठ १५ सम्मको लागि लकडाउन गरिएको छ। यसअघिको निषेधाज्ञा प्रभावकारी नभएपछि जिल्ला प्रशासन कार्यालयले थप २ साता अवधि बढाउँदै कडा लकडाउन गरेको हो।   सुनसरी जिल्लामा संक्रमण दर तीव्र रूपमा फैलिइरहेको छ भने मृत्यु दर पनि बढ्दो छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार धरान, इटहरी र […]

महकाली अस्पतालसंग ४ करोड बढी पैसा छ, तर ज्यान जोगाउन अक्सिजन छैन

३१ वैशाख ,२०७८ | मुलुक डेस्क महेन्द्रनगर । सुदूरपश्चिममा अहिले कोरोनाको दोस्रो भेरियन्टका संक्रमितहरु अक्सिजन नपाएर अकालमै मृत्युवरण गरिरहेका छन् अहिले सुदूरपश्चिममा रहेका ठुला ठुला सरकारी तथा निजी अस्पतालहरुले अक्सिजनको अभावमा उपचार गर्न असमर्थता जनाउदै भन्दै बिज्ञप्ती निकालिरहेका छन् ।  कञ्चनपुरमा रहेको कोरोना संक्रमितहरुको उपचार गरिरहेको महाकाली अस्पतालमा पनि दैनिक अक्सिजनको अभावमा संक्रमितहरुको उपचारमा समस्या भएको […]

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

३१ वैशाख , २०७८ | मुलुक डेस्क नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त […]

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द

२८ बैशाख २०७८ | मुलुक डेस्क  अन्तर्राष्ट्रिय उडानको प्रतिवन्ध थप भएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको हो । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध रहने जनाएको छ ।   यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान […]

लालबन्दीमा करेन्ट लागेर बालकको मृत्यु

कृष्ण सिंह | बैशाख २५,२०७८ सर्लाहीको लालबन्दीमा शुक्रवार साझ टीभिको ज्याक जोड्ने क्रममा करेण्ट लागी एक बालकको ज्यान गएको छ । लालबन्दी नगरपालिका १० चन्द्रपुरका शुभाष बराईलीको ११ बर्षिय छोरा सुमन बराईलीको आफ्नै घरभित्र टीभिको ज्याक जोड्ने क्रममा करेण्ट लागी ज्यान गएको हो । करेण्ट लागी घाईते भएका बालकको उपचारकै क्रममा लालबन्दीको गाँउ मैत्री बाल […]

अक्सिजन उत्पादन शुरु–गंगालाल अस्पतालमा दैनिक १३५ अक्सिजन सिलिण्डर उत्पादन गर्ने अक्सिजन प्लान्टको स्थापना

वैशाख २०, २०७८ | मुलुक डेस्क कोरोना महामारीको हटस्पट बनिरहेको काठमाडौंमा कोरोना संक्रमितहरुका लागि अति नै आवश्यक अक्सिजन प्लान्ट स्थापना भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ३ स्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र अस्पतालमा आइतवार स्थापना भएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गंगालाल मुटुरोग अस्पतालमा आयोजित कार्यक्रममा उदघाटन गरेपछि अक्सिजन प्लान्टव्दारा अक्सिजन उत्पादन […]

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्तीगर्न सम्झौता

वर्ष : ०३ | अंक : २४ | वैशाख २०७८ | मुलुक डेस्क नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने भएको छ । शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने विषयमा सम्झौता भएको हो । बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीकालागि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । […]

त्रिदेशीय फुटबल प्रतियोगिता जित्ने खेलाडीलाई जनही ४ लाख दिइने

बैशाख २०७८ | मुलुक डेस्क त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली  टोलीका सदस्यलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने भएको छ । मन्त्रिपरिषदको वैशाख ९ गते बसेको बैठकले नेपाली टोलीका २३ जना खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । त्यस्तै नेपाली टिमका ३ […]

आन्तरिक उडान ३० प्रतिशतले कटौती गर्न सिफारिस

वैशाख २०७८ | मुलुक डेस्क नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरलाई नियन्त्रण गर्न काठमाडौं बाहिर भइरहेका आन्तरिक उडानलाई ३० प्रतिशतसम्म कटौती गर्न सकिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । आन्तरिक उडान अन्तर्गत सुगम क्षेत्रमा उडान गर्दै आइरहेका बुद्ध, यति, श्री र सौर्य एयरलायन्सका प्रतिनिधिसँग आइतबार छलफल गर्दै विमानस्थल प्रशासनले आफ्नो तालुक निकाय नागरिक उड्डयन प्राधिकरणलाई हाल भइरहेको […]

रहेनन् चित्रकार शंकरराज सिंह सुवाल

वैशाख २०७८ | मुलुक डेस्क नेपाली ललितकलाको सिर्जनामा पाँच दशकभन्दा लामो समय बिताएका चित्रकार शंकरराज सिंह सुवालको ७३ वर्षको उमेरमा निधन भएको छ । झण्डै एक हप्तादेखि कोरोना संक्रमण भएका सुवालको शुक्रबार साँझ ५:४५ बजे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा निधन भएको चित्रकार जीवनराज उपाध्यायले बताए । उपाध्ययका अनुसार सुवाल मुटुका बिरामी समेत […]