वर्ष : ०३ | अंक : २४ | वैशाख २०७८ | मुलुक डेस्क
नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने भएको छ । शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने विषयमा सम्झौता भएको हो । बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीकालागि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नबिलले युनाइटेडलाई रु.३५ स्वाप रेसियोमा प्राप्ती गर्न लागेको हो ।
प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको थियो । उक्त सम्झौता पश्चात प्राप्तीका लागि नेपाल राष्ट्र बैंकमा स्विकृतिका लागि प्रकृया अगाडि बढँइने छ र समयमै स्विकृती पाएमा यथासिघ्र संयुक्त कारोबार नबिल बैंकले गर्नेछ ।
सोही अनुसार नबिल बैंकको शाखा सञ्जालबृद्धी भइ १४७ हुनेछ । नबिलबैंकको काठमाडौं उपत्यकाभित्र मात्र शाखा सञ्जाल बृद्धी भइ ३७ हुनेछ । ATM संख्याभने १९० हुनेछ । निक्षेपको अंक रु २१६ अर्ब हुनेछ भने कर्जाको अंक रु. २०१ अर्ब हुनेछ (चैत्र मसान्तको बित्तियविवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको अंक रु.२ खर्ब माथि हुनेछ । नबिल बैंकले मर्जर तथा प्राप्ती प्रकृयामा जान पहिलो पटक यस बर्षको साधारण सभाबाट पारीत गरेको थियो र सोही बर्षनै प्राप्ती सम्झौताको घोषणा पनि गरेको छ । यो प्राप्तीसंगै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थपशाखा सञ्जालमार्फत नयाँ रणनिती अनुसार बजारमा उपस्थित हुने छ