जाजरकोट भूकम्पमा १५४ जनाको निधन

मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक २४, शुक्रवार जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ का ३२ वर्षीय निरक विष्ट छन् । उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए । विष्टको आज […]

जलेश्वर रतवाडामा डकैती

रोशन कुमार मिश्र, महोत्तरी । २०८० कार्तिक २१, मंगलवार महोत्तरी जलेश्वर नगरपालिका-८ सानो रतवाडा स्थित भुनेश्वर चौधरीको घरमा डकैती भएको छ। अपरिचित ५/६ जनाको समुहमा आएर घरधनी चौधरीलाई कुटपिट र धनमाल लुटेर फरार भएका छन् । रात्रीको समयमा भएको यो घटनामा स्थानीय युवाहरो संलग्नता हुनसक्ने आशंका चौधरीको रहेको छ । डकैतीमा ४० तोला सुन, आधा […]

मिसेस नेपाल वर्ल्ड २०२३ को २३ सहभागिमा इटहरीकी पृथिव्या थापा रिजाल ।

रमेश लुइँटेल, काठमाडौं । २०८० कार्तिक २०, सोमवार इटहरीकी युवा समाजसेवी पृथिव्या थापा रिजाल मिसेस नेपाल वर्ल्ड २०२३ मा २३ जना सहभागिभित्र पर्न सफल भएकी छिन् । इटहरीकी पृथिव्या मिसेस नेपाल वर्ल्ड २०२३ मा २३ जना सहभागी सहित फाइनल राउण्डमा प्रवेश गर्दै महिला सशक्तिकरणका क्षेत्रमा आफ्नो भुमिकालाई थप अगाडि लैजाने सोचका साथ कार्य गर्दै छिन् […]

सीमामा मधेशी आयोगका प्रतिनिधिद्वारा अध्ययन र अनुगमन ।

मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक १९, आइतवार सीमावर्ती क्षेत्र सुपौलमा मधेशी आयोगका सदस्य आभासेतु सिंहद्वारा छलफल, अध्ययन र अनुगमन गरेकी छिन् । बिहारको सुपौल जिल्ला र मधेश प्रदेशको सप्तरी जिल्लाको हनुमान नगर कंकालनीको सिमा सुरक्षाबारे संयुक्त रुपमा दुबै देशका प्रहरीबीच मधेशी आयोगका सदस्य आभासेतु सिंहको विशेष उपस्थितिमा छलफल, अध्ययन र अनुगमन भएको छ । […]

भूकम्पमा नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु

मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक १८,शनिवार जाजरकोटमा गएरातीको भूकम्पले नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो। उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

फूल मेलामा हजारौंद्वारा अवलोकन र लाखौंको कारोबार

मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक १७, शुक्रवार गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी चार दिनमा ३१ हजारले अवलोकन गरेका छन्। ललितपुरको जावलाखेल खेल मैदानमा मंगलबारदेखि जारी प्रदर्शनीमा शुक्रबार पूर्वरानी कोमल शाह पनि पुगेकी थिइन्। उनले गोदावरी फूलका विरुवा खरिद गरेकी थिइन्। आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार शुक्रबार मात्र ११ हजारले प्रदर्शनी अवलोकन गरेका छन्। चार दिनमा […]

बारामा प्रधानाध्यापकको हत्यामा संलग्न पाँच जना पक्राउ ।

मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक १५, बुधवार कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ३५ वर्षीय गुड्डु भन्ने रूपेश स्वर्णकारको गोली प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मुख्य योजनाकार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-६ मदर्शा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, ३४ […]

दशैँको अवसरमा राजा ज्ञानेन्द्रद्वारा शुभकामना व्यक्त

मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक ०३, शुक्रवार पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले बड़ादशैँको अवसरमा मन छुने शुभकामना सन्देश व्यक्त गरिएको छ। शुभकामना सन्देशमा पूर्वराजा शाहले व्यक्त गरेका सन्देश जस्ताको तस्तै: प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू, नेपालीहरूको महान राष्ट्रिय पर्व बडा दशैं हाम्रा घर आँगनमा आइपुगेको छ । असत् माथि सत्को विजय […]

सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री ने रा कु मावि कट्टीमा बैग वितरण ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० कार्तिक ०२, बिहिवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री ने रा कु मावि कट्टीमा मा बैग वितरण गरिएको छ । सिंहको तेस्रो पुण्यतिथिकाे अवसरमा कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुलाई बैग वितरण गरिएको छ । विशुद्ध रुपले सामाजिक कार्यप्रती अग्रसर यो फाउन्डेशनले निरन्तर रुपमा सिंहको पुन्यतिथी कार्तिक ०२ गतेको अवसरमा […]

जनकपुरमा झिझिया फेस्टिभल हुने

मुलुक डेस्क, धनुषा । २०८० कार्तिक ०१, बुधवार जनकपुरधाममा कार्तिक ३ गते शुक्रबार जनकपुर झिजिया फेस्टिभल हुने भएको छ। जनकपुरस्थित रेल्वे स्टेशनको प्राङग्रणमा झिजिया महोत्सवको हुने आयोजक नव मिथिला फाउन्डेसनले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई पछ्याउँदै झिझिया आयोजना गर्न लागेको फाउन्डेसनका फाउन्डेसनका अध्यक्ष अमित कुमार […]