रोशन कुमार मिश्र, महोत्तरी । २०८० कार्तिक २१, मंगलवार

महोत्तरी जलेश्वर नगरपालिका-८ सानो रतवाडा स्थित भुनेश्वर चौधरीको घरमा डकैती भएको छ।

अपरिचित ५/६ जनाको समुहमा आएर घरधनी चौधरीलाई कुटपिट र धनमाल लुटेर फरार भएका छन् । रात्रीको समयमा भएको यो घटनामा स्थानीय युवाहरो संलग्नता हुनसक्ने आशंका चौधरीको रहेको छ । डकैतीमा ४० तोला सुन, आधा केजी चाँदी, नगद रु. एक लाख र अन्य कपडालता चोरी भएको चौधरीको दावी रहेको छ ।

वर्ष ७५ को भुनेश्वर चौधरीको टाउको र शरिरको अन्य भागमा चोट लागेकोले प्रादेशिक अस्पताल जलेश्वरमा उपचारार्थ अवस्थामा रहेका छन् । यसैगरी उनको ७० वर्षीय श्रीमती शैल देवीको हातमा चोटपटक लागेकोले प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । निजको छोरा जयकिशोर चौधरी र
बुहारी शिमा चौधरी पनि अस्पतालमा उपचारार्थ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *