मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक २४, शुक्रवार

जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ का ३२ वर्षीय निरक विष्ट छन् ।

उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए । विष्टको आज बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

यससँगै जाजरकोटको बारेकोट-१ रामिडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ । रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ ।

हाल कर्णाली प्रदेश अस्पतालमा २६ घाइतेहरुको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *