मुलुक डेस्क, धनुषा । २०८० कार्तिक ०१, बुधवार

जनकपुरधाममा कार्तिक ३ गते शुक्रबार जनकपुर झिजिया फेस्टिभल हुने भएको छ।

जनकपुरस्थित रेल्वे स्टेशनको प्राङग्रणमा झिजिया महोत्सवको हुने आयोजक नव मिथिला फाउन्डेसनले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई पछ्याउँदै झिझिया आयोजना गर्न लागेको फाउन्डेसनका फाउन्डेसनका अध्यक्ष अमित कुमार साहले बताए ।

नव मिथिला फाउन्डेसनले विगत पाँच वर्षदेखि जनकपुर साहित्य महोत्सव आयोजना गर्दै आएको छ । यस वर्षदेखि नयाँ प्रयासको रुपमा ‘जनकपुर झिझिया महोत्सव’आयोजन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *