रमेश लुइँटेल, काठमाडौं । २०८० कार्तिक २०, सोमवार

इटहरीकी युवा समाजसेवी पृथिव्या थापा रिजाल मिसेस नेपाल वर्ल्ड २०२३ मा २३ जना सहभागिभित्र पर्न सफल भएकी छिन् ।

इटहरीकी पृथिव्या मिसेस नेपाल वर्ल्ड २०२३ मा २३ जना सहभागी सहित फाइनल राउण्डमा प्रवेश गर्दै महिला सशक्तिकरणका क्षेत्रमा आफ्नो भुमिकालाई थप अगाडि लैजाने सोचका साथ कार्य गर्दै छिन् ।

विगत देखि नै आफु समाजसेवा क्षेत्रमा रहेको प्रतियोगितामा विजयी भएर अझ धेरै महिला सशक्तिकरण र समाजसेवाका क्षेत्रमा योगदान गर्न आफुलाई प्रेरणा मिल्ने भन्दै पृथिव्या थापा रिजालले सबैलाई आग्रह गरेकी छिन्।

कन्टेस्टेन्ट नम्बर ३ रहेकी पृथिव्या पनि यही कार्तिक २२ गते काठमाडौंमा हुने फाइनल राउण्डको प्रतिस्पर्धाबाट सन् २०२३को लागि मिसेस नेपाल वर्ल्ड छनोटमा परेकी हुन् । मिसेस नेपाल वर्ल्डको ताज पहिरन सफल हुनेले मिसेस वर्ल्डका लागी अमेरिकामा हुने प्रतियोगितामा सहभागिता जनाउन पाउने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *