करण र सावित्रालाई सातौं पोखरा स्पोर्ट्स अवार्ड ।

मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख २३, शनिवार पोखरामा शनिवार आयोजित सातौं पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रममा नेपाली क्रिकेट टोलीका करण केसी र फुटबल टोलीकी सावित्रा भण्डारीले वर्ष उत्कृष्ट खेलाडी पुरुष/महिला को उपाधी जितेका हुन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा सभागृहमा आयोजना गरेको कार्यक्रममा केसी र भण्डारीले एक/एक थान टेल्जि इलेक्ट्रिक स्कुटर पनि […]

क्रिकेटरलाई सरकारद्वारा जनही ६ लाख रुपैयाँ नगद पुरस्कार ।

मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख २०, बुधवार एसीसी प्रिमियर कप क्रिकेट विजेतालाइ बुधबार बसेको मन्त्रिपरिषद बैठकले जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता […]

एसीसी प्रिमियर कपमा प्लेयर अफ द टुर्नामेन्ट सन्दीप र फाइनलमा म्यान अफ द म्याच गुलशन ।

मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख १९, मंगलवार नेपाली स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । फाइनलमा उत्कृष्ट ब्याटिङ गर्दै गुलशन झा म्यान अफ म्याच घोषित भए । सन्दीपले प्रतियोगितामा उत्कृष्ट बलिङसँगै अलराउन्डर प्रदर्शन गरेर नेपाललाई जिताउन योगदान दिएका थिए । प्रतियोगितामा सन्दीपले ५ खेल खेल्दै १३ विकेट लिएका छन् । […]

नेपाल आइसिसी विश्वकप छनोटमा पर्न सफल ।

मुलुक डेस्क, काठमाडौं । २०७९ चैत्र ०२, बिहिवार “एक महिनाभित्रमा १२ मध्ये ११ खेल जित्दै नेपालको अविश्वनीय प्रदर्शन !” आइसिसी विश्वकप क्रिकेट लिग-२ मा युएईमाथि डिएल मेथडमा ९ रनको जित निकाल्दै नेपाल आइसिसी विश्वकप छनोटमा पुगेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा खराब प्रकाशका कारण खेल रोकिएपछि नेपाल डिएल मेथडमा विजयी भएको हो। आइसिसी लिग-२ […]

रौतहटको जय किसान बहुप्राविधिक शिक्षालयमा सप्ताह खेलकुद सम्पन्न

प्रमोद सहनी, रौतहट । २०७९ फाल्गुन १५, सोमवार सिटीईभिटीकाे ३५ औं दिवसको अवसरमा जय किसान बहुप्राविधिक शिक्षालयमा सरसफाईसंगै सप्ताह व्यापी खेलकुद कार्यक्रम संचालन भएको छ । रौतहटको देवाही गोनही नगरपालिका वडा नं-९ स्थित जय किसान बहुप्राबिधिक शिक्षालय धरहरीमा सरसफाई, बृक्षारोपन र दौड प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता तथा सप्ताह क्रिकेट कार्यक्रम संचालन भएको छ । सिटीईभिटीकाे […]

प्रथम ग्रिनफिल्ड भ्यालि जुनियर उसु प्रतियोगिता सम्पन्न ।

मुलुक डेस्क, काठमाडौं । २०७९ माघ ११, बुधवार प्रथम ग्रिनफिल्ड भ्यालि जुनियर उसु प्रतियोगिता आज काठमाडौंमा सम्पन्न भएको छ । कालभैरब उसु क्वानकाे आयाेजना र नेपाल उसु महासंघकाे संयाेजन रहेकाे प्रथम ग्रिनफिल्ड भ्यालि जुनियर उसु प्रतियोगिता आज त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदकाे सेमि कभर्डहलमा सम्पन्न भएको छ । ३ दिन सम्म संचालन भएकाे उक्त प्रतियोगितामा […]

विश्वविख्यात फुटबलर पेलेको निधन

मुलुक डेस्क, काठमाडौं । २०७९ पौष १५, शुक्रवार विश्वविख्यात फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित ब्राजिलका फुटबलर पेलेको उपचार भइरहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले स्थानीय समय अनुसार दिउँसो ३ः२७ बजे उनको मृत्यु भएको जानकारी दिएको छ। १७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनको खेल जीवनमा उनले सन् १९५८ […]

अर्जेन्टिना बन्यो विश्वकप २०२२ विजेता ।

मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०३, आइतवार लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ६८ वर्षपछि विश्वकपको उपाधि उचालेको छ। लुसैल स्टेडियममाआइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरार्धमा रहेका कप्तान मेस्सीले यो आफ्नो लागि अन्तिम विश्वकप भएको बताइसकेका छन्। खेलको पहिलो हाफमा २–० ले […]

विश्वकप फुटबलमा अर्जेन्टिनाको दुई गोल ।

मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०३, आइतवार विश्वकप फुटबलमा अर्जेन्टिनाले पहिलो हाफमा दोस्रो गोल गर्दै बढत हासिल गरेको छ । खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले पेनाल्टीमा गोल गरे । जारी विश्वकपमा उनको यो छैटौं गोल हो । ३६ औं मिनेटमा अर्जेन्टिनाको एन्जेल डी मारियाले अर्को गोल थपे । खेलको सुरुदेखि नै […]

विश्वकपमा मेक्सिकोलाई पराजित गर्दै अर्जेन्टिना विजयी ।

मुलुक डेस्क, काठमाडौं । २०७९ मंसिर ११, आइतवार फिफा विश्वकप २०२२ को पहिलो खेलमा पराजित अर्जेन्टिना दोस्रो खेलमा विजयी भएको छ । कतारमा जारी विश्वकपअन्तर्गत समूह ‘सि’ अन्तर्गतको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलअन्तरले पराजित गरेको हो । समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट […]