मुलुक डेस्क, काठमाडौं । २०७९ माघ ११, बुधवार

प्रथम ग्रिनफिल्ड भ्यालि जुनियर उसु प्रतियोगिता आज काठमाडौंमा सम्पन्न भएको छ ।

कालभैरब उसु क्वानकाे आयाेजना र नेपाल उसु महासंघकाे संयाेजन रहेकाे प्रथम ग्रिनफिल्ड भ्यालि जुनियर उसु प्रतियोगिता आज त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदकाे सेमि कभर्डहलमा सम्पन्न भएको छ ।

३ दिन सम्म संचालन भएकाे उक्त प्रतियोगितामा करिब ३०० खेलाडीहरु सहभागी भएको थियोे ।यस प्रतियाेगितामा सान्साै तर्फ यिङयाङ उसु क्वानकी रेश्मा ब्लाेनले महिला उत्कृष्ट सान्साै खेलाडी बन्न सफल भइन् । यसैगरी जुनियर ३० देखि ३३ केजी समुहमा भ्याली पब्लिकका सकृया मगर प्रथम भए भने यिङयाङ उसु क्वानकी आशिर्या देसार दोस्रो र पलिशा महर्जन तेश्रो हुन सफल भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *