प्रमोद सहनी, रौतहट । २०७९ फाल्गुन १५, सोमवार

सिटीईभिटीकाे ३५ औं दिवसको अवसरमा जय किसान बहुप्राविधिक शिक्षालयमा सरसफाईसंगै सप्ताह व्यापी खेलकुद कार्यक्रम संचालन भएको छ ।
रौतहटको देवाही गोनही नगरपालिका वडा नं-९ स्थित जय किसान बहुप्राबिधिक शिक्षालय धरहरीमा सरसफाई, बृक्षारोपन र दौड प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता तथा सप्ताह क्रिकेट कार्यक्रम संचालन भएको छ ।
सिटीईभिटीकाे स्थापना २०४५ फाल्गुन १२ गते भएको हो । सिटीईभिटीकाे ३५ औं वर्ष प्रवेशको अवसरमा सो कार्यक्रम गरिएको हो ।

सप्ताह क्रिकेट प्रतियोगितामा प्रथम स्थान इन्फर्मेशन टेक्नोलोजी रहेका छन् भने दोश्रो स्थान कृषि वाली विज्ञान रहेका छन्। वार्षिक उत्सव गर्ने यो दोश्रो वर्ष हो । सप्ताह खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता , कबड्डी प्रतियोगिता, दौड प्रतियोगिता, सामान्य ज्ञान प्रतियोगिता,खेलकुद भएको थियो। प्रतियोगिता फाल्गुन ५ गते देखि संचालन भएको हो ।

२ सय मिटर दौड प्रतियोगितामा सिभिल बिभागको चौथो प्रणालीमा अध्यन्नरत छात्र लुकमान शेख प्रथम भए भने आइटी बिभागको पहिलो प्रणालीमा अध्यनरत छात्र शेख इमरानले दोश्रो स्थान प्राप्त गरे तथा सोही बिभागमा अध्यनरत दिपक सहनीले तेश्रो स्थान प्राप्त गरे ।

क्रिकेट तथा कबडी प्रतियोगिताको संयोजकमा ई. रुपेश कुमार यादव तथा ई. सरोज कुमार यादव रहेका थिए साथै वृक्षारोपण तथा हजारी प्रतियोगिता र दौड प्रतियोगिता तर्फको संयोजकमा क्रमशः गोविन्द कुमार महतो, सन्तोष कुमार यादव र रिता शाह रहेका थिए ।
यसैगरी महिलाहरुको ग्रुपमा इन्फर्मेशन टेक्नोलोजी विभागको पहिलो बर्षकी पहिलो प्रणालीमा अध्ययनरत छात्रा पूजा कुमारी पण्डित पहिलो स्थान प्राप्त गरिन् र दोश्रो स्थानमा रुबी पण्डित रहिन । कृषि वाली विज्ञानमा पहिलो वर्षको पहिलो सेमेष्टर प्रणालीमा अध्ययनरत आशा ठाकुरले तेस्रो स्थान प्राप्त गरिन् । कबडी तर्फ सिभिल बिभागले प्रथम स्थान तथा आइटीले दोश्रो स्थान प्राप्त गरे । हाजिरी जवाफ प्रतियोगिता तर्फ सिभिल प्रथम बर्ष प्रथम प्रणालीमा अध्यनरत छात्रले प्रथम स्थान प्राप्त गरे तथा तेश्रो बर्ष दोश्रो प्रणालीमा अध्यनरत छात्रछात्राले दोश्रो स्थान प्राप्त गरे ।
उक्त कार्यक्रममा प्रमुख अतिथि शिक्षालय प्रमुख ई. धनोज कुमार यादव, विशिष्ट अतिथि प्रशासन कार्यालयका प्रशासन सहायक कविता साह र सन्तोष यादव अतिथिको रुपमा सहभागी भएका थिए । ई. नन्द किशोर राय, सूचना प्रबिधि विभागिय प्रमुख सर्वेश कुमार पाठक, विशाल मल्लिक, रामानन्द यादव, भोला राय यादव, रीता कुमारी साह, रुपेश यादवको सहभागिता रहेको थियो । दौड कार्यक्रमको संचालन तथा उद्घोषण गोविन्द कुमार महतोले गरेको थियो ।