मुलुक डेस्क, काठमाडौं । २०७९ चैत्र ०२, बिहिवार

“एक महिनाभित्रमा १२ मध्ये ११ खेल जित्दै नेपालको अविश्वनीय प्रदर्शन !”

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा युएईमाथि डिएल मेथडमा ९ रनको जित निकाल्दै नेपाल आइसिसी विश्वकप छनोटमा पुगेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा खराब प्रकाशका कारण खेल रोकिएपछि नेपाल डिएल मेथडमा विजयी भएको हो। आइसिसी लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्ने प्रावधान अनुसार नेपाल विश्वकप छनोटमा पुगेको हो। यसअघि नेपालले अघिल्ला दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको थियो।

आजको जितसँगै नामिबियालाई पछि पार्दै नेपाल लिग-२ को अंक तालिकामा तेस्रो स्थानमा उक्लियो। नेपालले ३६ खेलबाट ४० अंक जोड्यो। नामिबियाको ३९ अंक मात्र थियो। नेपालको जितले भने नामिबियाले क्वालिफायर प्लेअफ खेल्नुपर्ने भएको छ।

नेपालले लिग-२ का पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्यो। एक महिनामा लिग-२ को अंक तालिकाको छैटौं स्थानमा तेस्रो स्थानमा उक्लिएको नेपालले अघिल्लो महिना १८ अंक मात्र थियो। तर एक महिनाका १२ मध्ये ११ खेल जितेसँगै नेपालले ४० अंक जोडेर सानदार पुनरागमन गर्‍यो।
१० टिमबीच आमागी जुनमा जिम्बावेमा हुने विश्वकप छनोटमा लिग-२ बाट स्कटल्यान्ड, ओमान र नेपाल पुगेका छन्। यस्तै आयोजक जिम्बावे र नेदरल्यान्ड्सले पनि छनोट खेल्नेछन्। टेस्ट राष्ट्रले खेल्ने आइसिसी सुपर लिगबाट थप तीन राष्ट्रले विश्वकप छनोट खेल्नु पर्नेछ।

अहिलेको अवस्थामा सुपर लिगको शीर्ष आठ भित्र नरहेका दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले विश्वकप छनोट खेल्नु पर्नेछ। विश्वकप छनोटमा क्वालिफायर प्लेअफमा दुई टिम पनि पुग्नेछन्। यसरी १० टिमबीच हुने छनोटबाट दुई टिम भारतमा अक्टोबरमा हुने विश्वकपमा पुग्नेछन्। विश्वकपमा सुपर लिगमा ८ टिम र विश्वकप छनोटका २ टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुनेछ।

बिहीबार कीर्तिपुर मैदानमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाएको स्थितिमा खेल प्रकासका कारण रोकिएको थियो। त्यतिबेला नेपालका लागि गुल्झन झाले नटआउट ५० रन र दीपेन्द्रसिंह ऐरीले १० रन बनाएर खेलिरहेका थिए। तर अम्पायरले प्रकाशका कारण खेल रोकेपछि खेल नेपालले डिएल मेथडमा ९ रनले जित्यो।

हजारौं दर्शक उर्लिएको कीर्तिपुर मैदानमा नेपालले अहिलेसम्मकै उत्कृष्ट खेल देखायो। युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुवातमै दबाब झेले पनि विस्तारै आफ्नो पक्षमा परेको थियो। चार ब्याट्सम्यानले अर्धशतक प्रहार गर्दा नेपालले उत्कृष्ट जित निकाल्यो। नेपालका लागि गुल्झनसँगै कुशल भुर्तेल, भीम सार्की र आरिफ शेखले अर्धशतक हिर्काए। खेलमा नेपालले तेस्रो बलमा आसिफ शेखलाई शून्यमा गुमाएको थियो। तेस्रो ओभरमा कुशल मल्ल ५ रनमै आउट भएपछि नेपाल सुरूमै दबाबमा परेको थियो।

त्यसपछि रोहित पौडेल १६ रन जोडेर आउट भए।
रोहित सातौं ओभरको पाँचौ बलमा आउट हुँदा नेपालले ३ विकेट गुमाउँदा ३७ रन जोडेको थियो।
त्यसपछि ओपनर कुशल भुर्तेल र भीम सार्कीले नेपालको इनिङ उकासे। कुशल ५० रन जोडेर आउट भएका थिए। उनले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। कुशलले भीमसँग चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए।

त्यसपछि ओपनर कुशल भुर्तेल र भीम सार्कीले नेपालको इनिङ उकासे। कुशल ५० रन जोडेर आउट भएका थिए। उनले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। कुशलले भीमसँग चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *