मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख १९, मंगलवार

नेपाली स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । फाइनलमा उत्कृष्ट ब्याटिङ गर्दै गुलशन झा म्यान अफ म्याच घोषित भए । सन्दीपले प्रतियोगितामा उत्कृष्ट बलिङसँगै अलराउन्डर प्रदर्शन गरेर नेपाललाई जिताउन योगदान दिएका थिए ।

प्रतियोगितामा सन्दीपले ५ खेल खेल्दै १३ विकेट लिएका छन् । उनी सर्वाधिक बढी विकेट लिने खेलाडीहरूको सूचीमा दोस्रो रहे । उनले कतारविरुद्धको समूहचरणको म्याचमा उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जिताएका थिए ।

सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ । उनले प्रतियोगितामा दुईवटा १५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएका थिए । उनले प्रतियोगितामा ६ खेलमा २ शतक र १ अर्धशतकसहित कुल ४ सय ५४ रन बनाए ।

यसैगरी सर्वोत्कृष्ट बलरको उपाधि ओमानका बिलाल खानले पाएका छन् । उनले प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका थिए । नेपालले आज फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै आगामी सेप्टेम्बरमा हुने एसिया कपको यात्रा गरेको छ ।

पाकिस्तानमा हुने उक्त प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान रहेका छन् । यस्तै, समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *