मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०३, आइतवार

विश्वकप फुटबलमा अर्जेन्टिनाले पहिलो हाफमा दोस्रो गोल गर्दै बढत हासिल गरेको छ ।
खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले पेनाल्टीमा गोल गरे । जारी विश्वकपमा उनको यो छैटौं गोल हो ।
३६ औं मिनेटमा अर्जेन्टिनाको एन्जेल डी मारियाले अर्को गोल थपे ।
खेलको सुरुदेखि नै अर्जेन्टिनाका खेलाडीहरुले फ्रान्समाथि दबाब जारी राखेका छन् । अब दोस्रो हाफको खेल हुन बाकी छ ।
