गजल
वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५ ज्ञानुवाकर पौडेल चित्त यहाँ सबैको सानो लाग्यो ।जमाना यो सारै विरानो लाग्यो ।।आधुनिक देखिए पनि जीवनशैली ।सोचाई भने एकदम पुरानो लाग्यो ।।निमुखाले कहिल्यै न्याय नपाउने ।कानून पनि यहाँको कानो लाग्यो ।।दुःखमा मैले कसैलाई साथ दिंदा ।बनिने पो हो कि अचानो लाग्यो ।।छैन अब भरोसा कसैमाथि मलाई ।अँगालो […]
दशैं

आर. डी. श्रेष्ठ, वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५ आमा, दशैं आयो रे हो आमा? विरामी भई सुतिरहेकी आफ्नी आमालाई एउटा ५–६ वर्षको छोराले सोध्छ । आमा छोराको प्रश्न सुनेर पुलुक्क अनुहारमा हेर्छिन्, केही बोल्दिनन् । जवाफ केही नआएपछि छोराको प्रश्न फेरि तेर्सिन्छ, “भन्नुस् न आमा दशैं आयो रे हो? रामेले भनेको उसका […]
नेपालीवाङ्मयको एउटा गौरवशाली ग्रन्थ : कविशिरोमणि रचनावली

डा. सनतकुमार वस्ती, वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५ नेपाली वाङ्मयमा हालसालै एउटा गौरवशाली ग्रन्थ प्रकाशित भएको छ– कविशिरोमणि रचनावली । यसमा कविशिरोमणि लेखनाथ पौड्यालका समग्र साहित्यिक कृत्यको रमणीय संकलन गरिएको छ। बृहत्काव्य, लघुकाव्य, कविता संग्रह, नाटक र निबन्ध एवं अनूदित रचना गरी पाँचखण्डमा जम्मा २१वटा कृतिहरू रहेको यस विशिष्ट ग्रन्थमा सबै मिलाएर […]
तस्विर धमिलिँदै जान्छ ..

आर. डी. श्रेष्ठ, वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५ कोठाको कुनामा रहेको थोत्रो ग्यालनको विर्को उघार्छिन चन्द्रमायाँ । टीनले आफ्नो खोक्रोपना छल्र्याङग्याइदिन्छ । भाँडोमा चामलको एक गेडा पनि हुँदैन । भाँडो खाली देख्दा उनी आत्तालिन्छिन् । ‘अब के गने?’ एउटा प्रश्न चिन्ह उनलाई गिज्याएझै गरी सलबलाउँछ । खोक्रो भाँडोले चन्द्रमायाँको खोक्रो अवस्थालाई व्यक्त […]
नेपाली गीतमा शब्द उच्चारणको सन्दर्भ

लोचन भट्टराई, वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५ भाषालाई स्थापित र विस्तार गर्न गीत सँगीतले ठूलो भूमिका निर्वाह गर्दछ । गीत ज्यादै सरल माध्यम हो, जो केहीलाई यसले सजिलै समेट्दछ । एउटा गीतले लाखौं मानिसको ह्दय छुन्छ । जसरी गीत लाखौंको ह्दयमा बास बस्छ, भाषा पनि सँगै प्रवेश गर्छ । तसर्थ हामी कलाकारहरूले […]