जनतान्त्रिक युवा संघ बाँके ब्यवस्थापनमा सुरज ।
मुलुक डेस्क, २०७८ भाद्र ३०, बुधवार राष्ट्रको समृद्धि र शान्तिका लागि जनतान्त्रिक तराई मुक्ति मोर्चाको अगुवाइ एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानको सक्रिय सहकार्यमा लामो समयदेखि सडक संघर्ष हुदै आएको छ । दशकौं देखिको देशमा ब्याप्त बेथिति, अराजकता, कु-शासन, अब्यवस्था, राज्य आतंक, विभिन्न प्रकारले बढ्दै गरेको उदाङ्गो, वैदेशिक हस्तक्षेपका विरुद्ध एवं “राज-संस्था सहितको […]
सरकारका मुख्य सात निर्णय सार्वजनिक
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २१, सोमवार सरकारले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका […]
एमसीसी बारे भ्रम फैलाउनेलाई जेल हाल्ने देउवा सरकारको चेतावनी !
मुलुक डेस्क, २०७८ भाद्र २०, आइतवार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अमेरिकी सरकार एमसीसीको नामै नलिइ त्यसको बिरोध गरे सीधै जेल हाल्ने चेतावनी दिएका हुन । विज्ञप्तिमा बिरोधीहरू माथि सरकारले सूक्ष्म निगरानी गरिरहेको पनि बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रहरूको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिबिधि […]
माधव नेपालसहित १४ सांसद संसदिय कार्वाहीबाट उन्मुक्ति !
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १३, आइतवार नेकपा एमालेले माधव नेपालसहित १४ सांसदमाथि कारवाहीका लागि संसद सचिवालयमा पठाएको पत्रबारे संसद सचिवालयले माधव नेपाल समूहलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको हुनाले उनीहरुलाई कारवाही गरिरहनु नपर्ने निश्कर्ष निकालेको छ । संसद सचिवालयको ‘माधव नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेको […]
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यालयको बिधिवत उद्घाटन ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १२, शनिवार नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले शुक्रवार बबरमहलस्तिथ नेपाल मधेशी निजामती कर्मचारी मञ्चकाे भवनमा पार्टी कार्यालय र झण्डातोलन उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।बबरमहलमा महन्थ ठाकुरले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठनदेखि नै कार्यालय सञ्चालन गर्दै आएका हुन् । मधेश आन्दोलनका शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै आउँदो दिनमा […]
माधव र महन्थको छुट्टाछुट्टै दल दर्ता, आयोगले दियो प्रमाणपत्र ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०९, बुधवार निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरले नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई वैधानिकता दिएको छ। बुधबार दुबै पार्टीलाई उनीहरुलाई सनाखतपछि दर्ताको प्रमाण पत्र दिएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै दल दर्ता भएको जानकारी दिए। निर्वाचन आयोगमा नै पुगेर एमालेका ५४ जना केन्द्रीय […]
“अभद्र – अमर्यादित – कुसंस्कारले ग्रसित नेपाली राजनीति ?”
डा. मनोज मुक्ति “विवेक”, काठमाडौं । २०७८ भाद्र ०५, शनिवार राजनीति राज्य संचालनका लागि अपनाईने नीति हो । समाजलाई अग्रगमन, सुशासन, सभ्य, समृद्ध बनाउने नीति हो । राजनीतिले देश, समाज, ब्यक्ति र राज्यलाई प्रत्यक्ष प्रभावित गर्दछ, त्यसकारण राजनीतिक ब्यक्तिको ब्याक्तित्व र उसको आचार, बिचार, संस्कार, प्रवृत्ति, भाषाले देश, समाज, राज्य र जनताकोभुत,वर्तमान र भविष्यलाई गम्भीर […]
देशकै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य । मुख्यमन्त्रीको प्राथमिकता र राजनीतिक पृष्ठभूमि !
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०३, बिहिवार बागमती : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य (बोहरा) देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल भएकी छन्। उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उनी मुख्यमन्त्री बन्न सफल भएकी हुन् […]
ठाकुरको नयाँ पार्टी जसपा लोकतान्त्रीक र चुनाव चिन्ह साइकल ।
बद्री नाथ झा, जनकपुर । २०७८ भाद्र ०२, बुधवार काठमाडौं । महन्थ ठाकुर, राजेन्द्र महतो समुहले अध्यादेश जारी भए लगत्तै पार्टी दर्ता गरेका छन् । ठाकुर निकट श्रोतका अनुसार, यस अघिनै अध्यादेश ल्याउने सरकारको निर्णयलाई स्वागत गरेको हुनाले राष्ट्रिपतिबाट जारी भएलगत्तै निर्वाचन आयोगमा पार्टी दर्ता भएको छ । ठाकुर महतो समुहले दर्ता गराउन लागिएको नयाँ […]
पार्टी विभाजन सम्बन्धि अध्यादेश राष्ट्रपतिद्वारा जारी। जारी लगत्तै माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ता गरे ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०२, बुधवार पार्टी विभाजनलाई सहज बनाउन सरकारले सिफारिस गरेको अध्यादेशलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको हो। राष्ट्रपति भण्डारीले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। […]