मुलुक डेस्क, २०७८ भाद्र ३०, बुधवार

राष्ट्रको समृद्धि र शान्तिका लागि जनतान्त्रिक तराई मुक्ति मोर्चाको अगुवाइ एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानको सक्रिय सहकार्यमा लामो समयदेखि सडक संघर्ष हुदै आएको छ ।

दशकौं देखिको देशमा ब्याप्त बेथिति, अराजकता, कु-शासन, अब्यवस्था, राज्य आतंक, विभिन्न प्रकारले बढ्दै गरेको उदाङ्गो, वैदेशिक हस्तक्षेपका विरुद्ध एवं “राज-संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना” हेतुँ जारी “राष्ट्रवादी आन्दोलन” लाई निर्णायक बनाउन “नागरिक संवाद अभियान” मा आम देशभक्त राष्ट्रवादी जनतन्त्र-प्रेमी नेपाली जनसमुदाय उल्लेख्य रुपमा गोलबन्द हुँदै गएको छ् ।

त्यसैक्रममा बाँके जिल्ला मटेहिया-८ (नरैनापुर गाउँपालिका वाड नं ५) का क्रान्तिकारी समाजसेवी चिकित्सा सेवामा क्रियाशील सुरज यादवलाई आजै देखि “जनतान्त्रिक तराई मुक्ति मोर्चा” अन्तर्गतको युवा संगठन “जनतान्त्रिक युवा संघ” को बाँके जिल्ला “जनपरिचालन एवं संगठन ब्यवस्थान” को जिम्मेवारीमा मनोनीत गरिएको जानकारी विग्यप्ति मार्फत जनाईएको छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *