मुलुक डेस्क, २०७८ भाद्र २०, आइतवार

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अमेरिकी सरकार एमसीसीको नामै नलिइ त्यसको बिरोध गरे सीधै जेल हाल्ने चेतावनी दिएका हुन । विज्ञप्तिमा बिरोधीहरू माथि सरकारले सूक्ष्म निगरानी गरिरहेको पनि बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रहरूको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिबिधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ । त्यस्ता अभिव्यक्ति र गतिबिधिको मन्त्रालयले सूक्ष्म रूपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिबिधि गर्ने उपर प्रचलित कानुन बमोजिम कडा कारबाही समेत गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ ।’

अमेरिकी सरकार र एमसीसी परियोजनाका बारेमा नामै नलिइ धम्कीपूर्ण भाषामा लेखिएको विज्ञप्तिमा धेरै चासो जनाएका छन। सरकारले विज्ञप्ति निकाल्नु केहीदिन यता एमसीसीको बारेमा चाैतर्फी बिरोध भैरहेको छ । नागरिकहरूले सामाजिक सञ्जालमा गो ब्याक एमसीसीको नारा घन्काउन थालेका छन ।

नागरिकको अभिव्यक्ति स्वतन्त्रता र व्यक्ति स्वतन्त्रता समेत कुण्ठित गर्ने गरी गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिका विषयमा विगतमा नागरिक समाज र नागरिक अधिकारको गफ दिँदै सडकमा निस्कने कथित नागरिक समाजका सदस्यहरूले केही प्रतिक्रया दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *