
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १२, शनिवार
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले शुक्रवार बबरमहलस्तिथ नेपाल मधेशी निजामती कर्मचारी मञ्चकाे भवनमा पार्टी कार्यालय र झण्डातोलन उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
बबरमहलमा महन्थ ठाकुरले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठनदेखि नै कार्यालय सञ्चालन गर्दै आएका हुन् । मधेश आन्दोलनका शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै आउँदो दिनमा मधेश र मधेशीको मागको लागि लोसपा लडि रहने अध्यक्ष ठाकुरले बताए ।
पार्टी कार्यालय उद्घाटन तथा झण्डतोलनमा पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, जितेन्द्र सोनल, चन्दा चौधरीलगायत कार्यकारिणी समितिका सदस्यसहित अन्य नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
निर्वाचन आयोगबाट पार्टीको प्रमाणपत्र पाए पश्चात लोसपाको पहिलो कार्यकारिणी समिति बैठकले पार्टी निर्माणमा सहयोग गर्ने सबैलाई धन्यावाद दिदै शुभकामना र बधाई साटासाट गरेको नेता राम किशोर सिंहले बताए । निर्वाचन आयोगको प्रावधान अनुसार २१ दिनभित्र प्रदेश तथा स्थानीय तहका प्रतिनिधिलाई प्रकृया पुर्याएर लोसपामा आवद्ध गराउन तयारीहरु गर्ने छलफल भएको छ ।’ सिंहले थप्दै भने ।
लोसपामा आबद्ध हुन् चाहने प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले निर्वाचन आयोगमा प्रकृया पुरा गरेर दल परिवर्तन सक्ने प्राबधान छ् । लोसपाको कार्यकारिणी समितिको अर्को बैठक शनिबारका लागि बोलाइएको छ ।
