मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०९, बुधवार

निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरले नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई वैधानिकता दिएको छ। बुधबार दुबै पार्टीलाई उनीहरुलाई सनाखतपछि दर्ताको प्रमाण पत्र दिएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै दल दर्ता भएको जानकारी दिए।

निर्वाचन आयोगमा नै पुगेर एमालेका ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले नयाँ दल दर्तामा सनाखत गरेका छन्। वरिष्ठ नेता झलनाथ खनालले दिल्लीस्थित राजदुतावासबाटै सनाखत गरे। खनालसहित ५५ जना केन्द्रीय सदस्य र ३० जना सांसदले सनाखत प्रमाणित गरेर दल दर्ता भएको उनले जानकारी दिए। ‘५४ केन्द्रीय सदस्य र २९ संघीय सांसदले आयोगमा नै आएर सनाखत गरे , झलनाथ खनालले दिल्लीस्थित राजदुतावासबाट सनाखत गरेको प्रमाण पठाएका थिए ।’ उनले भने, ‘आयोगले सबै सनाखत जाँचबुझ गरी दल दर्ताको प्रमाण पत्र दिइएको छ।’ पुरानो नेता झलनाथ खनालसहित प्रदीप नेपालले पनि नयाँ पार्टीमा समावेश भएका छन्।

महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। बुधबार आयोगमा पुगी १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोकतान्त्रिक समाजवादी पार्टीलाई छुट्टै दलको रुपमा दर्ता गरेको श्रेष्ठले बताए। लोसपाले तत्कालिन जसपाको केन्द्रीय समितिको नभई संसदीय दलको २० प्रतिशत संख्या पुर्‍याई दल विभाजन भएको छ।

Leave a Reply

Your email address will not be published.