मधेशका मुख्यमन्त्री सिंहद्वारा कलैया अस्पतालमा छड्के !

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २०, बिहीवार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार साँझ प्रादेशिक अस्पताल कलैयाकाे आकस्मिक छडके गरेका छन् । प्रदेशका विभिन्न प्रादेशिक अस्पतालहरूमा बिरामीकाे उपचारमा लापारबाही भइरहेकाे जनगुनासाेपछि मुख्यमन्त्री सिंहले केही दिनयता सरकार मातहतका अस्पतालहरुमा छड्के निरीक्षण थालेका हुन् । बाराकाे कलैयास्थित प्रादेशिक अस्पतालमा छड्के अनुगमन क्रममा सिंहले बिरामीकाे उपचारमा हेलचेक्रयाइँ […]

हरिसिद्धिस्थित क्यान्सर अस्पतालको छतबाट हामफाल्दा महिलाको मृत्यु।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १६, आइतवार ललितपुरस्थित हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर पुनमाया तामाङको मृत्यु भएको छ। अस्पतालको तीन तलाबाट हाम फालेर गम्भीर घाइते भएकी ६४ वर्षीया तामाङको मृत्यु भएको हो। तामाङ काठमाडौँ महानगरपालिका-८ की स्थानिय बासिन्दा हुन्। तामाङ थाइराइडको क्यान्सर उपचार गराइरहेको प्रहरीले जनाएको छ। उनले शनिबार अस्पतालको ‘ए’ ब्लकको […]

राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा १३०० मृर्गौला प्रत्यारोपण ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १६, आइतवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको छोटो अवधिमै प्रत्यारोपणको क्षेत्रमा प्राप्त गरेको उपलब्धी नेपालको स्वास्थ्य क्षेत्रकै कोशेढुङ्गा सवित भएको छ । १३०० जनाको मृगौला र २८ जनाको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धि विशेष कार्यक्रमको आयोजना गरिएको […]

अंग प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्ने : स्वास्थ्य मन्त्री पौडेल ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन ३०, बुधवार आज अगष्ट १३ अर्थात् विश्व अंगदान दिवस । भक्तपुरको दुधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आज विश्व अंगदान दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गरेका छन् । प्रमुख अतिथि पौडेलले अंगदाता परिवारहरुलाई सम्मानपत्र हस्तान्तरण गर्दै भक्तपुरलाई […]

एकडारामा गर्भवती तथा सुत्केरीलाई पोषण आहार वितरण ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ साउन २८, मंगलवार महोत्तरीको एकडारा गाउँपालिका वार्ड नं ३ भटौलिया स्वास्थ्य चौकीमा गर्भवती तथा सुत्केरी आमाहरुलाई पोषण आहार वितरण कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर ३ का वडा अध्यक्ष रामविलास रायको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उनकै हातबाट सुत्केरी आमाहरूलाई पोषण आहार वितरण गरिएको थियो । कार्यक्रममा पालिकाको स्वास्थ्य शाखा […]

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन २८, सोमवार ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजु सम्मानित भएका छन् । रोटरी क्लब अफ पनौती नवौं पदस्थापना समारोहका अवसरमा सम्मानित डा. कोजु काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन समेत रहेका तथा हाल धुलिखेल अस्पतालमा कार्यरत छन् । रोटरी क्लब अफ […]

मनरा शिसवा नगरपालिकाको घरदैलोमा स्वास्थ्य सेवा ।

मुलुक डेस्क, महोत्तरी । २०८१ साउन २२, मंगलवार घरदैलो कार्यक्रममार्फत मनरा शिसवा नगरपालिकाले स्वास्थ्य सेवा दिन थालेको छ । नगरपालिकाको आयोजनामा स्थानीय बासिन्दाको घर घरमा गएर सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा दिन थालेको हो । यस कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक र बालबालिकाहरुलाई सेवा प्रदान गरि घर दैलो कार्यक्रमको सुरुवात गरिएको नगरपालिकाका मेयर मोहन पाण्डेयले […]

प्रादेशिक अस्पतालमा भ्रष्टाचार: छानबिन गर्न स्थानीयकाे माग ।

प्रेमचन्द्र झा, राैतहट । २०८१ साउन १७, बिहीवार प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनबर हासमीले अस्पतालमा गरेको भ्रष्टाचारका कारण विवादमा तानिएको छ । अस्पतालमा मनोमानी ढंगले आफ्नो नातेदारदेखि पार्टीका कार्यकर्ताको राेजगारी दिने र भर्ति केन्द्र बनाएका कारण अध्यक्ष हासमि विवादमा आएका हुन् । नेपाल सरकारको आर्थिक ऐन कानुन विपरित प्रदेशिक अस्पताल गाैरमा अध्यक्ष आफैले निर्माण तथा […]

एक वर्षमा १५ जनाको सफल कलेजो प्रत्यारोपण ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १२, शनिवार नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आ. व. २०८०/८१ मा १०० प्रतिशत सफलताका साथ १५ जनाको कलेजो प्रत्यारोपण गरेको छ । कलेजो प्रत्यारोपण शल्यिचिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा पछिल्लो समय एक जना मात्र विदेशी चिकित्सकको उपस्थितिमा केन्द्रकै प्रत्यारोपण टोलिले कलेजो प्रत्यारोपण […]

मस्तिष्क मृत्यू पश्चात हुने अंगदान सम्बन्धि अन्तर्किया ।

मुलुक डेस्क, २०८१ असार ३०, आइतवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा मस्तिष्क मृत्यू पश्चात हुने अंगदान सम्बन्धि अन्तर्किया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।काठमाण्डौ उपत्यका भित्रका अंगदान हुन सक्ने अस्पतालहरुमा कार्यरत न्युरो तथा अन्य शल्यचिकित्सक, सघन उपचार विशेषज्ञ चिकित्सक तथा नर्स, ट्रान्सप्लान्ट कोर्डिनेटर, फोरेन्सिक विशेषज्ञ, महानगरिय प्रहरी कार्यालय अन्तर्गत काठमाण्डौ उपत्यका भित्रका […]