प्रेमचन्द्र झा, राैतहट । २०८१ साउन १७, बिहीवार

प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनबर हासमीले अस्पतालमा गरेको भ्रष्टाचारका कारण विवादमा तानिएको छ ।
अस्पतालमा मनोमानी ढंगले आफ्नो नातेदारदेखि पार्टीका कार्यकर्ताको राेजगारी दिने र भर्ति केन्द्र बनाएका कारण अध्यक्ष हासमि विवादमा आएका हुन् । नेपाल सरकारको आर्थिक ऐन कानुन विपरित प्रदेशिक अस्पताल गाैरमा अध्यक्ष आफैले निर्माण तथा खरिद कार्य गरेका कारण भ्रष्टाचार र अनियमितताको आरोप लागेकाे हो ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरको सहमतिमा अध्यक्ष हासमीले टाईल्स जडान, औषधी खरिद, मर्मत सम्हार र रङ्गरोग्न, विभिन्न उपकरण खरिददेखि करारको कर्मचारी भर्नामा अनियमित अपारदर्शी ढंगले गरेकाे कुरा चर्चाको विषय बनेकाे छ।
उपेन्द्र यादव अध्यक्ष रहेका जनता समाजवादी पार्टीको कोटाबाट अध्यक्ष बनेका हासमी आफुले गरेको भ्रष्टाचारको पोल खुल्ने डरले कहिले एमाले त कहिले काङ्ग्रेस पार्टीको नेता नजिक दाैड धुपमा लागेको नेपाल पत्रकार महासंघ राैतहटका सहसचिव सन्जय सहनीले बताए ।
एक अध्ययन अनुसार टायल्स, औसषी खरिद, न्यानो झोला, अस्पतालमा सुत्केरी गराउनेले पाउने रकम र करारका कर्मचारी भर्ना लगायतका काण्डको तत्काल छानबिन दाेषिलाई कडा कार्वाही नभए अझै भ्रष्टाचार मौलाउदै जानेछ। गौर अस्पतालमा जाने गरेका सेवाग्राहिलाई प्राईबेट क्लिनिकमा पठाउने काममा अध्यक्ष हासमी कै हात रहेको सेवाग्राहीहरुको गुनासो छ।
