मुलुक डेस्क, महोत्तरी । २०८१ साउन २२, मंगलवार

घरदैलो कार्यक्रममार्फत मनरा शिसवा नगरपालिकाले स्वास्थ्य सेवा दिन थालेको छ । नगरपालिकाको आयोजनामा स्थानीय बासिन्दाको घर घरमा गएर सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा दिन थालेको हो ।

यस कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक र बालबालिकाहरुलाई सेवा प्रदान गरि घर दैलो कार्यक्रमको सुरुवात गरिएको नगरपालिकाका मेयर मोहन पाण्डेयले बताए । चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप प्रत्येक वडाकाे घरदैलोमा सेवा विस्तार गरिएको हो।

उक्त सेवामार्फत उपचारको लागि स्वास्थ्य चौकीमा जान नपर्ने र जेष्ठ नागरिकले घरमै बसेर सेवा लिन सक्ने छन् । स्वास्थ्य चेक जाँच गर्ने क्रममा मधुमेह, श्वासप्रश्वास समस्या र केहि अन्य रोगहरुको लक्ष्ण र रोगी देखापरेको छ । बिस्तारै अन्य वडामा पनि सो सेवा विस्तार गर्ने योजना पालिकाको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *