मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १६, आइतवार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको छोटो अवधिमै प्रत्यारोपणको क्षेत्रमा प्राप्त गरेको उपलब्धी नेपालको स्वास्थ्य क्षेत्रकै कोशेढुङ्गा सवित भएको छ । १३०० जनाको मृगौला र २८ जनाको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धि विशेष कार्यक्रमको आयोजना गरिएको छ।

प्रमुख अतिथिको आशनबाट नेपाल सरकारका मुख्य सचिव लीला देवी गडतौलाले उक्त केन्द्रले प्रत्यारोपण क्षेत्रमा उपलब्ध गराइरहेको सेवा प्रति नेपाल सरकार अन्यन्त खुशी रहेको र यसबाट देशभरका अंग फेल भएका विरामीहरु लाभान्वित हुँदै गएकोमा केन्द्रका परिवारलाई धन्यवाद दिइन्। अत्यन्त सिमित भौतिक पूर्वाधार बीच केन्द्रले विश्वस्तरीय सेवा उपलब्ध गराएकोमा देशकै गौरवका विषय भएको कुरा आल्याउनु भयो र केन्द्रका लागि उपयुक्त जग्गा प्राप्ती गर्नका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उक्त अवसरमा केन्द्रका कार्यकारी निर्देशक तथा बरिष्ठ मृगौला तथा कलेजो प्रत्यारोपण बिज्ञ डा. पुकार चन्द्र श्रेष्ठले केन्द्र स्थापनाको १२ वर्षमा संसारको उत्कृष्ट अस्पतालहरुको जस्तै नतिजा दिन सक्नुमा केन्द्रमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरुको ठूलो योगदान रहेको कुरा औंल्याए । केन्द्रको आफ्नो एक इन्च पनि भवन र उपयुक्त जग्गा जमिन नभएको वर्तमान अवस्थामा पनि देशकै सबैभन्दा बढी सफलता पूर्वक प्रत्यारोपण गरिसकेको जानकारी गराए ।

उपयुक्त जमिन उपलब्ध हुनासाथ केन्द्रको क्षमता विस्तार गरी तत्काल ३०० बेडको प्रिफ्याब भवन ६ महिना भित्र निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भएको कुरा औंल्याउँदै तत्काल नेपाल सरकार सँग भक्तपुको सुर्यविनायक नगरपालिका स्थित नेपाल सरकार उद्योग मन्त्रालयको स्वामित्वमा रहको २५८ रोपनी जग्गा मध्ये १०० रोपनी जग्गा केन्द्रलाई उपलब्ध गराउन माग गरे । उक्त जग्गा उपलब्ध भएमा मृर्गाैला र कलजो प्रत्यारापणको लागि पर्खाइमा बसीरहेका विरामीहरुलाई निर्वाध सेवा दिन सकिने कुरा केन्द्रले जनाएको छ ।

गत आर्थिक वर्ष २०८०÷८१ मा १९६ जनाको मृर्गौला र १५ जनाको कलेजो गरी जम्मा २११ जनाको प्रत्यारोपण शत प्रतिशत सफलताका साथ सम्पन्न गरेको कुरा समेत केन्द्रले जनाएको छ जुन रकर्ड विश्वमा विरलै पाइन्छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले राष्ट्रिय प्रत्याारेपण केन्द्र भक्तपुरमा हुनु गर्वको कुरा भएको बताउँदै यस केन्द्रलाई जमिन उपलब्ध गराउन सक्दो सहयोग गर्ने कुरा बताए ।


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठन बीर अस्पताका नर्सिङ्ग निर्देशक संगीता श्रेष्ठले केन्द्रका गतिविधिलाई नजिकबाट नियाली रहको र केन्द्रबाट भएको सेवा विश्वस्तरीय रहेको बताउँदै केन्द्रबाट उपलब्ध हुने सेवा समस्त स्वास्थ्य क्षेत्रको लागि उदाहरणीय भएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *