संविधान दिवस मनाउन प्रधानमन्त्री ओलीका अध्यक्षतामा मूल समारोह ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १०, सोमवार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृह मन्त्रालयद्वारा आयोजित बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन (२०७२ असोज ३) लाई राष्ट्रिय रुपमा मनाउन […]
एआईको प्रयोग मार्फत बालेन र सुनीताको चरित्रहत्या गर्ने युवा पक्राउ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०३, सोमवार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्दै आएको आरोपमा एक युवक पक्राउ परेका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, का २२ वर्षीय रमेशबहादुर रावत पक्राउ परेका हुन् । उनलाई अस्ती सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । रावतउपर विद्युतीय कारोबार ऐन, […]
बाल क्लब सदस्यलाई साइबर सुरक्षा सम्बन्धि अभिमुखिकरण ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ भाद्र ०२, आइतवार महोत्तरीको जलेश्वरमा बाल क्लब सदस्यका लागि साइबर सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । दलित समाज उत्थान समिति नेपालको आयोजना र वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको आर्थिक सहयोगमा साइबर सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको हो । साइबर सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा महोत्तरीको एकडारा गाउँपालिका र सम्सी गाउँपालिका […]
गाैरमा निर्माणाधिन कृषि तथा पशु सेवा केन्द्रकाे शिलान्यास ।

प्रेमचन्द्र झा, रौतहट । २०८१ भाद्र ०२, आइतवार ग्रामीण उधम तथा आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोग गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे एक कार्यक्रम बिच शिलान्यास गरिएकाे छ । ग्रामीण उधम तथा आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोग २ करोड चालिस लाख तीस हजार रुपैयाँको लागतमा बन्न लागेकाे साे तीन तत्ले […]
ज्ञान विज्ञानको विकासका लागि हरिद्वारमा “प्रबुद्धजन योग विज्ञान शिविर” ।

संजीव सिंह, काठमाडौं । २०८१ साउन ३२, शुक्रवार ज्ञान विज्ञानको विकासका लागि हरिद्वारमा “प्रबुद्धजन योग विज्ञान शिविर” को आयोजना गरिएको छ । पतंजली योगपीठ हरिद्वारको आयोजनामा नेपालका बौद्धिक वर्गको लागि ५ दिने शिविर संचालन गरिएको हो । साउनको २८ गतेदेखि ३२ गतेसम्म आयोजना गरिएको यो शिविरमा नेपालका हरेक क्षेत्रका बौद्धिक एवम् लब्ध प्रतिष्ठित करिब दुई […]
आजदेखि प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन ३०, बुधवार नेपाल टेलिकमले आज बुधबारदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध हुने व्यवस्था मिलाएको छ । सो व्यवस्थाअनुसार हाल प्रिपेड ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनु पर्ने अवस्था रहेकोमा अब भने सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध […]
मनरा शिसवामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन कार्यक्रम ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ साउन २४, बिहीवार मनरा शिसवा नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम आज एक विशेष समारोहको बीच सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बर्दिबास महोत्तरीको आयोजनामा मनरा शिसवा नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको छ । भ्रष्टाचार विरुद्ध सचेतना अभिवृद्धि गर्ने उदेश्यले […]
मनरा शिसवा नगरपालिकाले शिक्षा स्वास्थ्य सहितका क्षेत्रमा २७ जनाको विज्ञापन खुलाए ।

नगरपालिका क्षेत्रमा रहेकोे सपेता (मसाला) रुख कटान गर्न मनरा शिसवाको आव्हान ।

मुलुक डेस्क, महोत्तरी । २०८१ साउन १६, बुधवार महोत्तरीको मनराशिसवा नगरपालिका क्षेत्र लगायत मधेशको सम्पूर्ण क्षेत्रमा पानी सतह निकै नै तल गईरहेको अवस्थाका कारण मुलरुपले सपेता (मसाला) को रुख भएकोले नगरपालिका क्षेत्रभित्र रहेको सम्पुर्ण रुख कटान गर्न पालिकाले जनहितमा सार्वजनिक सुचना नै जारी गरेको छ । यस क्षेत्रको खेति योग्य जमीनको उर्वरा शक्ति कमजोर गर्नुको […]
सिमलताल दुर्घटनाको १६ दिनसम्म जम्मा २४ शव फेला, बस अझै बेपत्ता।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १३, आइतवार भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन्। नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरासँगै त्रिशूलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार कार्य शुरू भएको १६ दिनसम्म पनि बस तथा धेरै यात्रु अझै फेला पर्न नसकेका हुन्। नेपाल सरकारले खोजीका लागि बोलाएको भारतीय […]