रोशन कुमार मिश्र, महोत्तरी । २०८१ भाद्र ०२, आइतवार

महोत्तरीको जलेश्वरमा बाल क्लब सदस्यका लागि साइबर सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । दलित समाज उत्थान समिति नेपालको आयोजना र वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको आर्थिक सहयोगमा साइबर सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको हो ।
साइबर सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा महोत्तरीको एकडारा गाउँपालिका र सम्सी गाउँपालिका ३० जना बाल क्लबका सदस्यहरूले भाग लिएका छन् । कार्यक्रमका अध्यक्षता प्रेम बहादुर बुढाथोकीले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरका प्रहरी निरीक्षक धर्मराज मुडभरी सामेल भएका थिए ।