संजीव सिंह, काठमाडौं । २०८१ साउन ३२, शुक्रवार

ज्ञान विज्ञानको विकासका लागि हरिद्वारमा “प्रबुद्धजन योग विज्ञान शिविर” को आयोजना गरिएको छ । पतंजली योगपीठ हरिद्वारको आयोजनामा नेपालका बौद्धिक वर्गको लागि ५ दिने शिविर संचालन गरिएको हो । साउनको २८ गतेदेखि ३२ गतेसम्म आयोजना गरिएको यो शिविरमा नेपालका हरेक क्षेत्रका बौद्धिक एवम् लब्ध प्रतिष्ठित करिब दुई सय व्यक्तित्वको सहभागिता रहेको छ।

सुशासन, संस्कार र डिजिटल सांसरको माध्यमबाट आफू, आफ्नो गाउँठाउँ, शासनसत्ता, विकास, वैश्विक परिवेश र मानवीय सम्बोधनलाई साकार गर्न सो शिविरले प्रमुख योगदान गरेको शिविरमा सहभागी मनरा शिसवा नगरपालिकाका मेयर मोहन पाण्डेयले मुलुक टाइम्सलाई बताए ।

योग ऋषि बाबा रामदेव र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णको प्रत्यक्ष सानिध्यमा पतंजलि योगपीठ हरिद्वारमा ५ दिने शिविरको आज समापन समारोह हुँदैछ । समारोहमा नेपाली काङ्ग्रेसका प्रवक्ता तथा पुर्व अर्थमन्त्री डा. प्रकाश शरण महत, एमाले नेता एवम् पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, लोसपाका नेता एवम् पुर्वमन्त्री अनिल कुमार झा, जनमत परिषदका राष्ट्रिय अध्यक्ष डा. जयकान्त राउत, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, पोखरा महानगरका मेयर धनराज आचार्य, जनकपुर उपमहानगरका मेयर मनोजकुमार साह, नेपाल हिन्दु परिषदका उपाध्यक्ष ज्योत्सना साउद, पतंजलि योगपीठ नेपालका ट्रष्टि शालिग्राम सिंह लगायतको सहभागिता रहेको छ ।

“प्रबुद्धजन योग विज्ञान शिविर” मा नेपालका करिब ७५ पालिकाका प्रमुख वा उपप्रमुख, उद्योग वाणिज्य महासंघका पदाधिकारी, प्रहरी, समाजसेवी, प्राध्यापक, कलाकार, खेलाडी, पत्रकार लगायतका क्षेत्रका व्यक्तित्वहरु पनि सहभागिता रहेकोे छ। कार्यक्रममा सहभागी हरेक पालिकाको संक्षिप्त्त विवरण पनि भरुवा सोलुसन मार्फत तयार पारी प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *