रोशन कुमार मिश्र, महोत्तरी । २०८१ साउन २४, बिहीवार

मनरा शिसवा नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम आज एक विशेष समारोहको बीच सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बर्दिबास महोत्तरीको आयोजनामा मनरा शिसवा नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको छ । भ्रष्टाचार विरुद्ध सचेतना अभिवृद्धि गर्ने उदेश्यले संचालित कार्यक्रमका अध्यक्षता आयोगको कार्यालय बर्दिबासका उप सचिव तुलसी राम पौडेलले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको भुमिकामा मनरा शिसवा नगरपालिकाका मेयर मोहन पाण्डेय रहेका थिए । यसैगरी अतिथिमा उपमेयर शकुन्तला देवी र प्रमुख प्रशासकीय अधिकृत प्रमोद ठाकुर रहेका थिए । कार्यक्रममा सम्पुर्ण वडाका वडाध्यक्ष र कार्यपालिका सदस्री लगायत कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रहरी निरिक्षक कुमार गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *