मुलुक डेस्क, महोत्तरी । २०८१ साउन १६, बुधवार

महोत्तरीको मनराशिसवा नगरपालिका क्षेत्र लगायत मधेशको सम्पूर्ण क्षेत्रमा पानी सतह निकै नै तल गईरहेको अवस्थाका कारण मुलरुपले सपेता (मसाला) को रुख भएकोले नगरपालिका क्षेत्रभित्र रहेको सम्पुर्ण रुख कटान गर्न पालिकाले जनहितमा सार्वजनिक सुचना नै जारी गरेको छ ।
यस क्षेत्रको खेति योग्य जमीनको उर्वरा शक्ति कमजोर गर्नुको साथै पानी वढी सोसने र जमीनहरुलाई बाँझोपन बनाउने कुरा सवैमा सर्वविदितै छ त्यस कारण मनराशिसवा नगरपालिकाको १२ औं नगर सभाको निर्णयानुसार यस नगरपालिका भित्रको कृषि योग्य जमीन तथा पानीको सतह सुरक्षित राख्न सपेता (मसाला) को वोट विरुवालाई विस्थापित गरी अन्य प्रजातीको वोट विरुवा लगाउने साथै यो सुचना प्रकाशन भएको मितिले ३ महिना भित्र सम्पूर्ण किसान जन समुदायले आ-आफ्नो सपेता को रुख काटी व्यवस्थापन गर्नु अनुरोध गरेको छ ।
यसका साथै म्याद नाघेमा नगरपालिकाबाट खटिजाने नगर प्रहरी तथा कर्मचारीहरुद्धारा सपेताको रुख काटीनेछ भनी यो सार्वजनिक सूचना मार्फत नै सबैमा जानकारीसाथ अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद ठाकुरद्वारा जारी गरिएको सुचनापत्रमा उल्लेख छ ।
