राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दज्र्यानी चिह्न प्रदान ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २४, सोमवार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दज्र्यानी चिह्न प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुलुकको प्रमुख सुरक्षा सङ्गठन सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले […]

सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछः राजेन्द्र लिङदेन।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १८, मंगलवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले एनसेललाई किस्ता बन्दीमा कर तिर्ने छुट दिएको आरोप लगाएका छन् । प्रतिनिधि सभामा बोल्दै अध्यक्ष लिङदेनले एनसेललाई सरकारले दुहुनो गाईको रुपमा प्रयोग गरेको आरोप लगाएका हुन् । उनले एनसेलको लगानीकर्ता नेपालमा मात्र नभएको भन्दै विदेशमा कहिँ पनि विवादित नभएको […]

सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिप्रति खतिवडाको आपत्ति।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १८, मंगलवार नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल प्रहरीका ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भनी सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले मन्त्रीहरुले बोल्दा जिब्रोमा ब्रेक लगाउन आवश्यक रहेको बताउदै सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिबारे […]

प्रदेश सरकार खारेज गर्न राप्रपा सांसदको माग

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १८, मंगलवार प्रतिपक्ष दल राप्रपा सांसद रोशन कार्कीले प्रदेश सरकार खारेज गर्न माग गरेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रदेश सरकार सेतो हात्ति भएको बताएकी हुन्। उनले गण्डकी प्रदेशमा मन्त्रीको पद लिलामीमा चढेको कुरा सुनाइन् । ‘वन मन्त्रालयमा तीतेपाती र वनमारा मात्र देखिन्छ ? यसले […]

राष्ट्रपति पौडेलद्वारा संघीय संसदको दुवै सदनबाट पारित भएको टीआरसी विधेयक प्रमाणीकरण ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १३, बिहीवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरण गरेका छन् । विहिबार राष्ट्रपतिले टीआरसी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । यसअघि बुधबार सभामुख देवराज घिमिरेले […]

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १२, बुधवार नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा सिग्देल हाल नेपाली सेनाको […]

धनुषाको प्रजिअको दादागिरी: नेता राजीव झालाई धम्क्याए !

मुलुक डेस्क, धनुषा । २०८१ भाद्र ०९, आइतवार राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजीब झालाई धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले २४ घन्टा भित्र थुन्दिन्छु भन्दै धम्काएका छन् । व्यक्तिगत रिसिइवी लिएर बसेका सीडीओ कडरियाले आफूलाई थुन्दिने भनेर धम्काएको झाको आरोप छ । क्लथ बैंक तथा अक्सिजन सिलिन्डर बैंक सञ्चालन गरी समाजसेवा गरिरहेका झालाई कार्यालय खालि […]

तीन दिनभित्र फाइल सम्बन्धि निर्णय प्रणाली ल्याउछौं: प्रधानमन्त्री ओली

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०६, बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको उक्त दिँदै उनले तीन दिनभित्र दिनुपर्ने र कुन फाइल कहाँ छ भन्ने जानकारी अनलाइनबाट हुने नागरिक एपमा राष्ट्रिय परिचयपत्र […]

जिल्ला समन्वय समिति सङ्खुवासभाकाे छैटाै जिल्लासभाकाे पहिलाे समीक्षा बैठक सम्पन्न

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०३, सोमवार जिल्ला समन्वय समिति सङ्खुवासभाकाे छैटाै जिल्लासभाकाे पहिलाे समीक्षा बैठक खाँदवारी स्थित जिसस सभा हलमा सम्पन्न भएकाे छ । सभाका सराेकारवाला सबै निकायका साथै राजनीतिक दलहरुका तर्फबाट निकै महत्व दिएर प्रस्तुति गरिएको थियोे।अपेक्षित उपलब्धि ठिकै भएतापनि चालू खर्चकाे तुलनामा पुँजीगत खर्च कम भएकाले यसलाई सन्तुलन कायम गर्नै पर्ने […]

संविधानको प्रतिगामी संशोधन विरुद्ध तमलोपा संघर्षको तैयारीमा ।

मुलुक डेस्क, जनकपुरधाम । २०८१ भाद्र ०१, शनिवार तराई-मधेश लोकतान्त्रिक पार्टीले नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनद्वारा षडयन्त्रपूर्वक गर्न खोजिएको संविधान संशोधनले समावेशी लोकतन्त्रलाई समाप्त गर्न खोजिएको भन्दै आफ्ना कार्यकर्ताहरुलाई सम्भावित संघर्षको निमित्त तैयार रह्न निर्देशन दिएको छ। आज शनिवार तमलोपा केन्द्रिय कार्यालयको सभा कक्षमा आयोजित प्रशिक्षण कार्यक्रममा तमलोपाका नेताहरुले यस्तो निर्देशन दिए ।तमलोपाद्वारा आयोजित […]