मुलुक डेस्क, धनुषा । २०८१ भाद्र ०९, आइतवार

राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजीब झालाई धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले २४ घन्टा भित्र थुन्दिन्छु भन्दै धम्काएका छन् । व्यक्तिगत रिसिइवी लिएर बसेका सीडीओ कडरियाले आफूलाई थुन्दिने भनेर धम्काएको झाको आरोप छ ।

क्लथ बैंक तथा अक्सिजन सिलिन्डर बैंक सञ्चालन गरी समाजसेवा गरिरहेका झालाई कार्यालय खालि गर्न केही महिना अघि सीडीओ कडरियाले मौखिक निर्देशन दिएका थिए । झाले जिल्ला विकास समन्वय समितिको कार्यालय परिसरमा क्लथ बैंक र अक्सिजन सिलिन्डर, कन्सेन्ट्रेटर बैंक सञ्चालन गर्दै आएका छन्।

धनुषाका एक सेवाग्राही मालपोत कार्यालय जनकपुरमा विगत ७ महिना देखि अदालतको आदेश बमोजिम जग्गाको रजिस्ट्रेसन गराउन जाँदा रजिस्ट्रेसन नगरिरहेको अवस्थामा किन रजिस्ट्रेसन नगरेको भनेर आफूले मालपोत प्रमुख विष्णुप्रसाद सिटौलालाई फोन गरेर सोधेको उनले बताए । त्यसै क्रममा आफूले पनि मालपोतका प्रमुखलाई फोन गरेर काम गरिदिन वा नगरे किन भएन भन्ने कुराको दरपीठ सहित फाइल फिर्ता पठाइदिन मालपोत प्रमुखलाई फोनमा भनेको झाले खुलाए ।

‘यसरी दिनहुँ त दौडाउनु भएन नि भन्दा मालपोत प्रमुखले म काम पनि गर्दिनँ, केही लेखेर पनि दिन्नँ, तपाईं सक्नुहुन्छ भने मेरो सरुवा गराइदिनुस् भन्ने रुखो जवाफ दिनुभयो,’ झाले थपे,’सरुवा गर्ने निकाय म होइन सेवाग्राहीको काम गर्नुस् भनेको हो ।’ त्यस पछि मालपोत प्रमुख सिटौला सीडीओ कडरियाकहाँ पुगेर नेता झाले धम्काएको भन्ने झुटो कुरा लागाए पछि पहिले देखि नै व्यक्तिगत रिसिइवी लिएर बसेका सीडीओले आफूलाई थुन्दिने भनेर धम्काएको झाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *