मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०३, सोमवार

जिल्ला समन्वय समिति सङ्खुवासभाकाे छैटाै जिल्लासभाकाे पहिलाे समीक्षा बैठक खाँदवारी स्थित जिसस सभा हलमा सम्पन्न भएकाे छ ।

सभाका सराेकारवाला सबै निकायका साथै राजनीतिक दलहरुका तर्फबाट निकै महत्व दिएर प्रस्तुति गरिएको थियोे।
अपेक्षित उपलब्धि ठिकै भएतापनि चालू खर्चकाे तुलनामा पुँजीगत खर्च कम भएकाले यसलाई सन्तुलन कायम गर्नै पर्ने देखियाे ।

जनशक्ति लगायत सुविधामा वृद्धि गर्न पर्ने, नीति नियममा उचित ध्यान दिनै पर्ने, बेरुजु न्युनिकरण गर्दै शुन्यान्तरमा पुग्ने याेजना चाहिएकाे विषय गम्भीरतापुर्वक उठेको थियोे । यसका लागि जिससले समन्वय र अनुगमन गर्दै थप सुधारकाे अभियान थाल्न आवश्यक देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *