आदर्श विद्या सदनको स्थलगत चित्रकला भ्रमण ।
मुलुक डेस्क, काठमाडौंमा । २०७९ श्रावण ३०, सोमवार कला र कलाकारितालाई निरन्तरतासंगै थप उचाइमा पुर्याउन आदर्श विद्या सदनले आफ्ना विद्यार्थीलाई स्थलगत चित्रकला भ्रमण गराएको छ । प्रकृतिको प्रत्यक्ष अवलोकनलाई रंग मार्फत ससाना विद्यार्थीले आआफ्नो क्यानभासमा कोर्दै चित्रकलाको वास्तविकलाई मुर्त रुप दिएको विद्यालयका शिक्षक अजय देसारले बताए । दुई दर्जन विद्यार्थीले प्रत्यक्ष रुपमा सातदोबाटोभन्दा १ किमिको […]
विजयोत्सवको पर्व: जनैपूणिर्मा एवं रक्षाबन्धन ।
मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण २७, शुक्रवार हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णीमाका दिनअध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेद जयन्तीको रूपमा पनि चिनिन्छ साथै यसै दिनलाई जनैपूर्णिमा पनि भनिन्छ । नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी […]
क्रोधकला शिरोमणि निवासमा चिबहाल कला प्रदर्शनीको समिक्षा ।
संजीव सिंह, ललितपुर । २०७९ असार ३१, शुक्रवार क्रोधकला शिरोमणि निवासमा हिजो भएको एक विशेष समारोहबीच चिबहाल कला प्रदर्शनीको समिक्षा गरिएको छ ।क्रोधकला शिरोमणि निवास वरिष्ठ परम्परागत मूर्तिकार एवं ललितकला क्षेत्रका जिउँदो सम्पदाको रूपमा रहेका विश्वविख्यात कलाकार कालु कुमालेको निवास हो । पाटन संग्रहालय, पाटन दरवार स्क्वायरमा असार ९ गते देखि असार १३ गते सम्म […]
जानकी मन्दिर सम्बन्धि काठमाडौंमा अन्तरक्रिया सम्पन्न ।
मुलुक डेस्क, काठमाडौं । २०७९ असार २३, बिहिवार मिथिला संस्कृति समाज तथा हिन्दु परिषद नेपालद्वारा जानकी मन्दिरको वर्तमान अवस्थाबारे आज काठमाडौं स्थित मधेशी आयोगको सभा हलमा बिचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। नेपालको जनकपुरस्थित जानकी मन्दिर हिन्दु धर्मावलम्बीहरुको पवित्र र प्रख्यात तिर्थस्थल हो । मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न र राज्यबाट उपेक्षित गरिएकोमा मधेशी […]
वीरगंजमा गौतम स्कुलको गोरख धन्दा, चर्को शुल्क र धरौटीको फन्दा !
मुलुक डेस्क, काठमाडौं । २०७९ असार १८, शनिवार वीरगंजको गौतम स्कुल एक परिचित नाम हो । गौतम स्कुलले भर्ना शूल्क, मासिक शूल्क लगायतका अन्य शूल्क बाहेक पनि शुरुमै प्रति विद्यार्थी १० हजार रुपैया धरौटी शूल्क लिने गरेको छ। २ हजार २ सय विद्यार्थी संख्या भएको गौतम स्कुलले हरेक विद्यार्थीबाट १० हजार रुपैयाँका दरले धरौटी शूल्क […]
प्रियंका रानी जोशी मिस नेपाल वर्ल्ड २०२२
मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०५, आइतवार प्रियंका रानी जोशी मिस नेपाल वर्ल्ड २०२२ को उपाधी जितेकी छ्न । मिस नेपालका लागि देशभरबाट ८ सय युवतीले आवेदन दिएका थिए। जसमध्ये १९६ जनाले अडिसन दिएका थिए। जसबाट २४ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए । यसैगरी प्रतियोगितामा मिस नेपाल अर्थको उपाधी डा. सरिशा […]
मान्छे होस त लिची जस्तो !
अगनसिंह थापा, काठमाडौं । २०७९ जेष्ठ २८, शनिवार रसपूर्ण लिची अनि सद्भावपूर्ण अपनत्व मिल्छ र पो पर्व बन्छन् पलहरू !! “आउनु लिची खान दाइ । अप्ठेरो नमानेर आफै टिपेर खानुस् । अघाउन्जेल आफ्नै ठानेर ।” यता यसरी नै भेटै पिच्छे जुना बैनीको लिची जस्तै रुचिकर र रसपूर्ण आग्रह आएको आयै छ । मनमनै तुलना गर्छु […]
‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ को समुद्घाटन ।
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०८, आइतवार ‘मेलोडी किंग’ प्रेमध्वज प्रधानको प्रथम वार्षिक श्रद्धाञ्जली सभामा स्थापित ‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ को समुद्घाटन शनिबार काठमाडौं हात्तीसारस्थित आरण्य बुटिक होटलमा सम्पन्न भएको छ । प्रतिष्ठानको समुद्घाटन स्व. प्रेमध्वज धर्मपत्नी श्रीमती किरण प्रधानले गरिन । ‘किङ अफ रोमाण्टिक मेलोडी’ को नामले परिचित अमर सर्जक/कलाकार प्रेमध्वज […]
देशभरी आजबाट एसईई परिक्षामा शुरु मनरामा महोत्तरीको ५ विद्यालयको ४०५ विद्यार्थीको सेन्टर
राम अधार साह, महोत्तरी । २०७९ बैशाख ०९, शुक्रवार कोविडका कारण बिगतका दुइ वर्ष नियमित परिक्षा हुन नसकेको एसईई परिक्षा यस पटक भने देशभर प्रत्यक्ष सहभागिताका साथ आजबाट शुरूवात भएको छ । यसपालि परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुने बोर्डले जनाएको छ । जसमध्ये नियमिततर्फ ४,८८,७४२, प्राविधीकतर्फ १४,५६४ र ग्रेड […]
ब्लुबर्ड लिटिल आर्ट च्याम्प २०२२ सम्पन्न
मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख ०५, सोमवार ललितपुर ताल्छिखेलस्तिथ ब्लुबर्ड स्कुलले स-साना बालबालिकाबीच चित्रकला सम्बन्धि “ब्लुबर्ड लिटिल आर्ट च्याम्प २०२२” सम्पन्न गरेको छ । ब्लुबर्ड स्कुलद्वारा आयोजित ईन्टर प्रिस्कुल आर्ट प्रतियोगिता यही बैशाख ०३ गते शनिवार स्कुल प्राङ्गणमा सम्पन्न भएको छ । प्रतियोगितामा बेबिस्टार स्कुलका अंश बज्राचार्य सर्बोतकृष्ट हुँदै मेडल, प्रमाणपत्र र ट्रफि सहित […]