
मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख ०५, सोमवार
ललितपुर ताल्छिखेलस्तिथ ब्लुबर्ड स्कुलले स-साना बालबालिकाबीच चित्रकला सम्बन्धि “ब्लुबर्ड लिटिल आर्ट च्याम्प २०२२” सम्पन्न गरेको छ ।

ब्लुबर्ड स्कुलद्वारा आयोजित ईन्टर प्रिस्कुल आर्ट प्रतियोगिता यही बैशाख ०३ गते शनिवार स्कुल प्राङ्गणमा सम्पन्न भएको छ । प्रतियोगितामा बेबिस्टार स्कुलका अंश बज्राचार्य सर्बोतकृष्ट हुँदै मेडल, प्रमाणपत्र र ट्रफि सहित नगद पुरस्कार प्राप्त गर्न सफल रहे । यसैगरी दोस्रो र तेस्रो सर्बोतकृष्ट पुरस्कार क्रमशः बेबिस्टार स्कुलका विपश्व बज्राचार्य र ईटि बिटिजका सोहन मगरले प्राप्त गरे ।

स-साना बच्चाले आफ्नो रहर, उमंग र सिर्जनालाई रङ्गको सहाराले पेन्टिङमार्फत प्रदर्शन गर्नु नै यश प्रतियोगिताको उदेश्य रहेको स्कुल ( बिधालय ) का प्रिन्सिपल एवं प्रमुख कार्यकारी अधिकृत वीर सिंह क्षेत्रीले बताए । उनका अनुसार यस प्रतियोगितामा ५ देखि ६ वर्ष समुहका २२ विद्यालयका करिब २५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियोे ।
बच्चाहरुको रचनात्मक प्रतिभा, मानसिक संवेदनशिलतालाई प्रोत्साहन गर्दै आफ्नो भित्री संसारलाई खुलेर कला मार्फत प्रस्तुति दिन सक्ने गरि यसको आयोजना गरेको क्षेत्रीले थप पार्दै भने ।

“बच्चाहरुको सेल्फ कन्फिडेन्स र सिर्जनात्मक सोचाइको प्रतुतीको लागि यस्ता किसिमको आर्ट प्रतियोगिता गराई रहनु पर्ने बताए” प्रतियोगिताका प्रमुख अतिथी कलाकार अजय देसार । देसारका भनाइमा यो उमेर समुहका बच्चारुमा ईश्वरीय रुप र गुण हुने भएकोले उनीहरुको खुल्ला एवं अबोध बालापनको प्रष्फुटन हुनु पर्दछ । यस्तो प्रतियोगिताले स्कुल र बालबालिकासंगै अभिभावकको मनोबल तथा गरिमा बढने गर्द्छ ।

“ब्लुबर्ड लिटिल आर्ट च्याम्प २०२२” मा सर्बोतकृष्ट संगसंगै उत्कृष्ट दस (टप टेन) पनि घोषित भएका थिए । जसमा प्लेटिनम स्कुलका क्रमशः निलेश शर्मा, स्वर्या गुरुङ र युवराज चौधरी गरि तीनजना रहेका छन । यसैगरी चौथोमा वाेर्डंरल्यान्डका क्रियरी सिंह, पाँचौ र छैटौंमा बेबीस्टारका सायरा महर्जन र आयना महर्जन सातौमा हिलारियसका कातिक रत्न शाक्य रहेका छ्न । एवंक्रमले आठाै स्थानमा अर्लीकीडसका रोहित श्रेष्ठ, नवौं स्थानमा आई जे पाईनियरका अवन्तिका सिंह चौहान र दशौ स्थानमा अक्सफोर्ड एडुकेसनका हर्ष तण्डुकार रहेका छ्न ।
