पूर्व-पश्चिम राजमार्ग ४ लेनमा विस्तार हुँदै, २५ प्रतिशत डीपीआर सम्पन्न

मुलुक डेस्क, चैत्र ४, २०७७ पूर्व-पश्चिम राजमार्गको काँकडभित्ता-लौकी, नारायणघाट-पथलैया र बुटवल–गोरुसिंहे सडक खण्ड ४ लेनमा विस्तार हुने भएको छ । सडक विभाग आयोजन निर्देशनालय (एडीबी)ले यी सडक विस्तार विस्तार गर्न लागेको हो । निर्देशानलयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने परामर्शदात छनोटगरी ठेक्का लगाइसकिएको आयोजनाका उपनिर्देशक राकेश महर्जनले जानकारी दिए । सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङले यी […]

महाशिवरात्रीः शिवको पूजा आराधना गरी देशभर मनाइँदै

मुलुक डेस्क, फाल्गुण २७, २०७७ आज हिन्दूहरुको महान चाड महाशिवरात्री आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई हिन्दू धर्मावलम्बीहरुको महत्वपूर्ण पर्वका रुपमा लिइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धापूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातको नामबाट नामकरण […]

संयुक्त खस क्षत्रीको साधारण सभा

वर्ष :०३ | अंक : २२ | फाल्गुण २०७७, १३ वटा स्वतन्त्र क्षत्रीको संस्था तथा १२७ वटा थर गोत्र केन्द्रीय कार्य समितिको आवद्धतामा २०७२ सालमा संयुक्त खस क्षत्री नेपालको गठन । संस्थाका सह-अध्यक्ष तारा बहादुर बस्नेतका अनुसार “खस क्षत्रीलाई आदिवासीमा सुचिकृत गरिनु् पर्दछ , आरक्षणको कोटा जातिय हिसाबले होइन वर्गिय हिसाबले दिइनु पर्दछ । जनसंख्याको […]

मुस्कान खातुनलाई प्रतिष्ठित अमेरिकी पुरस्कार

मुलुक डेस्क, फाल्गुण २१ | २०७७ तेजाव आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेकी छिन्। १५ वर्षीया खातुनलाई अमेरिकी विदेश मन्त्रालय दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड प्रदान गरिने नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले जानकारी दिएका छन्। यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी […]

महोत्तरीको मनरासिशवा नगरपालिकामा दर्जनौं निलगाई देखा पर्‍यो

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७ महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् । सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको […]

२०७८ सालमा १९ दिन सार्वजनिक बिदा

मुलुक डेस्क, फाल्गुण २० | २०७७,  विसं २०७८ सालमा १९ दिन सार्वजनिक बिदा हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग)का अनुसार २०७७ सालको बैशाखदेखि चैतसम्म १९ दिन सार्वजनिक बिदा हुने देखिएको हो ।   समितिले स्वीकृत गरेको पात्रो अनुसार बैशाखमा एक दिन सार्वजनिक बिदा रहेको छ भने जेठमा पनि  एक […]

मधेसका यी २७ वटा ठाउँलाई आधुनिक सहर र चार सहरलाई ‘स्मार्ट सिटी’ बनाइँदै

मुलुक डेस्क, फाल्गुण २०७७, तराई मधेस सहित देशको विभिन्न भागमा १३ स्मार्टसिटीसहित ५० वटा व्यवस्थित र आधुनिक सहर बनाउने १० वर्षदेखिको योजनाअनुसार काम अघि बढाइएको छ । मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग हुँदै तराई, पहाड र हिमाली क्षेत्रमा नयाँ सहर तथा स्मार्ट सिटी बनाउनलागिएको हो। सहरबाट स्मार्ट सिटीमा विकास गर्न लागिएका ठाउँ सहरभन्दा बढी सुविधा सम्पन्न […]

सरकारी कर्मचारीको सञ्चय कोष र पेन्सनको रकम अब सिधै खातामा जम्मा हुने

मुलुक डेस्क, फाल्गुण २०७७, अब नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायमा कार्यरत कर्मचारीको सञ्चयकोष, निवृत्तिभरण कोष र सापटी भुक्तानी रकम विद्युतीय माध्यमबाट तत्कालै (रियल टाइममा) व्यक्तिगत खातामा जम्मा हुने भएको छ । त्यसका लागि महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषको सहकार्यमा विद्युतीय सरकारी लेखा प्रणाली सञ्चालनमा आएको छ । यसको सुरुवात मन्त्रालयका राजस्व […]

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, प्रदेश नं. २ लाई नमुना प्रदेशको रुपमा विकास गर्ने लक्ष्य सहित स्वास्थ्यको क्षेत्रमा ठोस कदम र गौरवको रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना संगै उद्घाटन गएिको छ। सबै तहको मेडिकल पढाईका साथ प्रदेश नं. २ को सरकारले धरान स्थित रहेको विपी कोईराला स्वाथ्य […]

भिआइपीको सुरक्षामा भारी कटौती

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, सुरक्षाको सवाल राष्ट्र र जनतको प्रतिष्ठा एवं गौरवसंग जोडिएको विषय हो। सरकारले पूर्व भिआइपीको सुरक्षाकर्मीमा कटौति गर्ने नयाँ कार्यविधि बनाएको छ। पूर्व राजा, पूर्व प्रधानमन्त्री लगायतले कार्यविधि विपरीत राख्दै आएका सुरक्षाकर्मी फिर्ता ल्याउन थालिएको छ। मन्त्रिपरिषद्ले विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी कार्यविधि २०७७ पारित […]