मुलुक डेस्क,
वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७,
प्रदेश नं. २ लाई नमुना प्रदेशको रुपमा विकास गर्ने लक्ष्य सहित स्वास्थ्यको क्षेत्रमा ठोस कदम र गौरवको रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना संगै उद्घाटन गएिको छ। सबै तहको मेडिकल पढाईका साथ प्रदेश नं. २ को सरकारले धरान स्थित रहेको विपी कोईराला स्वाथ्य विज्ञान प्रतिष्ठानजस्तै मेधश स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याएको छ। जनकपुरधामस्थित एक कार्यक्रमबीच मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उद्घाटन मुख्यमन्त्री मो. लालबाबू राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा गरेका छन्।
ईमरजेन्सीका अवस्थामा पनि धरान नै रेफर गर्नुपर्ने बाध्यात्मक परिस्थितिको विकल्पमा प्रादेशिक अस्पातलमै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान उद्घाटन संचालनपछि अब धरान जानुपर्ने बाध्यता हटने मुख्यमन्त्री राउतले जनाए। धरान स्थित रहेको घोपा क्याम्प (विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) जस्तै अब जनकपुरमा पनि हरेक रोगको उपचार सम्भव हुने मुख्यमन्त्री राउतको कथन थियो। उद्घाटन गर्दै उनले ईमरजेन्सी सहित ठुला र दीर्घ रोगका लागि पनि अब जनकपुरमै उपचार सम्भव हुने सपना साकार हुने जिकिर समेत गरे। यसअघि गम्भिर घाईते, टाउको सम्बन्धी इन्जुरी, कडा रोग, ईमरेन्जेन्सीको बेला बाठमाण्डौं वा धरान नै जानुपर्ने बाध्यता अब नरहने र सबै किसिमको रोगको उपचार पनि जनकपुरमै सम्भव हुने उद्देश्य प्रतिष्ठानको रहेको उल्लेख गरिएको छ।