वर्ष :०३ | अंक : २२ | फाल्गुण २०७७,
१३ वटा स्वतन्त्र क्षत्रीको संस्था तथा १२७ वटा थर गोत्र केन्द्रीय कार्य समितिको आवद्धतामा २०७२ सालमा संयुक्त खस क्षत्री नेपालको गठन । संस्थाका सह-अध्यक्ष तारा बहादुर बस्नेतका अनुसार “खस क्षत्रीलाई आदिवासीमा सुचिकृत गरिनु् पर्दछ , आरक्षणको कोटा जातिय हिसाबले होइन वर्गिय हिसाबले दिइनु पर्दछ । जनसंख्याको आधारमा पार्टी र सरकारले पूर्ण समानुपातिक व्यवस्था लागु गर्नु पर्दछ ।”
संस्कृतको शब्द क्षत्रियबाट क्षेत्री वा क्षत्री बनेको हो । हिन्दु धर्म संस्कारमा क्षत्रीलाई पौरषार्थको रुपमा चित्रण गरिएको छ । निडर, साहसी एवं लडाकुको रुपमा परिचित यो समुदाय पुर्नजन्ममा विश्वास गर्दछ । राजकाज संचालन एवं प्रशासनिक कलामा निपुण क्षत्री जनेउधारी (तागाधारी) हुन्छन् । नेपालका आदिवासी समुदाय वा जात हो – क्षत्री । खस साम्राज्यदेखि नै क्षत्रीको प्रभाव नेपालभर रहदै आएको प्रमाण भेटिन्छ । १८ औं शताब्दीदेखि नै नेपाल एकिकरण गर्ने अभियानका अगुवा हुन् – क्षत्री । क्षत्रीयको अर्को समूहलाई तराईमा राजपुत भनेर चिन्निछ ।

नेपाल एकिकरणका अगुवा वीरभद्र थापा, वडामहाराज पृथ्वीनारायण शाह, पहिलो प्रधानमन्त्री भिमसेन थापा (मुख्तियार), अभिमान सिंह बस्न्यात, दामोदर पाण्डे, कालू पाण्डे, वलभद्र कुवँर, जंगबहादुर राणा लगायत अनेकौं वीर सपुतले आफ्नो अमुल्य र अतुलनिय यागेदानले आजको नेपाल बनाउनमा अनेकौं समुदायको योगदानसंगै खस क्षत्रीको योगदान बहुमुल्य रहेको इतिहासले दर्शाउँछ । क्षत्रीको पचिान, स्वाभिमान र योगदानको फलस्वरुप यसको इतिहास गरिमामय र ओजिलो छ । खस-क्षत्रीको पुस्तौको बलिदान, त्याग र तपस्याको कारण नेपाल नेपाल बनेको हो । तर दुर्भाग्य राज्य र प्रशासन हाँक्ने क्षत्री समुदायलाई २०७२ को नेपालको संविधाले अन्य जात/साुदायमा राख्यो । राज्यको हरेक निकायमा पहुँच र सामर्थ राख्ने क्षत्रीलाई विभेदमा पारियो । २०६८को जनगणना अनुसार झण्डै ४४ लाखको हाराहारीमा रहेका क्षत्रीलाई कुनै कोटा वा संरक्षण दिइएन । फलस्वरुप आफ्नो अस्तित्व र साखलाई जोगाउन यो समुह एकत्रित हुदै शान्तिपूर्ण आन्दोलन एवं मागका साथ विभिन्न कार्यक्रममा जुटेको देखिन्छ ।

१३ वटा स्वतन्त्र क्षत्रीको संस्था तथा १२७ वटा थर गोत्र केन्द्रीय कार्य समितिको आवद्धतामा २०७२ सालमा संयुक्त खस क्षत्री नेपालको गठन भएको हो । विभिन्न चरणको आरोह अवरोह पार गर्दै यस संस्थाले फाल्गुण २२ गतेका दिन आफ्नो वार्षिक साधारणसभा तथा पाँचौं केन्द्रिय समितिको बैठक सम्पन्न गरेको छ । हिमालय समशेर राणा (नेपालको पहिलो गर्वनर) को प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाका अध्यक्षता संयुक्त खस क्षत्री नेपालका अध्यक्ष श्रीराम थापाले गरेका थिए ।
स्थापनाको पाँच वर्षमा २ वटा महाधिवेशन सम्पन्न गरेका यस संस्थाको देशभरमा करिब ५० हजार सदस्य संख्या रहेको बताउँछन संस्थाका सह-अध्यक्ष तारा बहादुर बस्नेत । बस्नेतका अनुसार “खस क्षत्रीलाई आदिवासीमा सुचिकृत गरिनु् पर्दछ । आरक्षणको कोटा जातिय हिसाबले होइन वर्गिय हिसाबले दिइनु पर्दछ । जनसंख्याको आधारमा पार्टी र सरकारले पूर्ण समानुपातिक व्यवस्था लागु गर्नु पर्दछ ।” यही मुल मुद्धाका साथ देशभरीका क्षत्रीलाई एक ठाँउमा हातेमालो गरेर बढ्न समेत उनले आग्रह गरेका छन् । यसका साथै तराइमा बसोबास गर्ने क्षत्रिय (राजपुत) लाई समेत संगसंगै आवद्ध गरेर अगाडी बढ्ने संयुक्त खस क्षत्री नेपालको अभियान रहेको छ । अल्पसंख्यक तर निडर एवं लडाकु जाति राजपुतको आफ्नै सौर्यगाथा र वीरगाथा रहेको संसारलाई सर्वविदितै छ । यसै सन्दर्भमा राजपुत समाज नेपालसंग नीतिगत सहकार्य भैरहेको समेत उनले जनाए ।

युवा दस्ता र क्षत्री एकतालाई भविष्यमा राष्ट्र निर्माणको क्रममा संगठित गर्ने कार्यमा लागेको जानकारी उप-महासचिव राजु थापाले बताए । स्वास्थ्य र शिक्षा सहयोगार्थ अक्षयकोषको स्थापना भएको जानकारी महासचिव रामबहादुर पाण्डेले जनाए । अध्यक्ष श्रीराम थापाले रु.१ लाख १ हजारको धनराशि बाट अक्षयकोष खडा गरेका हुन् । निकट भविष्यमा शहिदको सम्झनाका लागि संयुक्त खस क्षत्री नेपालले शहिद पार्क बनाउन लागेको जानकारी समेत सभामा गराइयो । समाजिक न्याय र पहिचानसंगै क्षत्री भलो र सहयोगार्थ तथा धर्म रक्षार्थ संस्था सदैव तत्पर रहने प्रतिबद्धता संस्थाका महासचिव पाण्डेले बताए ।