महोत्तरीमा बिधालय बनाउन १ बिघा जग्गा दान
०८ असार २०७८ | मुलुक डेस्क महोत्तरीको वर्दिबास नगरपालिका–२ मा अपाङ्ग विद्यालय निर्माणका लागि दुई जना मनकारीले २० कठ्ठा जग्गा दान गर्नुभएको छ । वर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार अपाङ्ग बालबालिकाको शिक्षादीक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नगरपालिकाबाट विद्यालय निर्माण लागि स्थानीय धनबहादुर दर्लामीले १५ कठ्ठा र डिकबहादुर थापाले पाँच कठ्ठा जग्गा दान दिनुभएको […]
मुलुकको सबैभन्दा ठूलो औद्योगिक पार्कको डिपिआर स्वीकृत
०८ असार २०७८ | मुलुक डेस्क सरकारले मुलुकको सबैभन्दा ठूलो औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको छ । लगानी बोर्डको आज बसेको बैठकले चाइना नेपाल फ्रेण्डसिप इन्डस्ट्रियल पार्कको डिपिआर स्वीकृत गरेको हो । बोर्डका प्रवक्ता भूपाल बरालका अनुसार डिपिआर स्वीकृतिसँगै अब विकासकर्तासँग परियोजना विकास सम्झौताका लागि आवश्यक तयारी गर्न अनुमति समेत प्राप्त भएको […]
मन्त्रिपरिषद विस्तार बदर, २० मन्त्री पदमुक्त
०८ असार २०७८ | मुलुक डेस्क असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । यससँगै दुई उपप्रधानमन्त्री, १५ मन्त्री र तीन राज्यमन्त्री स्वतः पदमुक्त भएका छन् । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम […]
राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा सिद्धराज राई नियुक्त
०८ असार २०७८ | मुलुक डेस्क राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा धनकुटाका पत्रकार सिद्धराज राई नियुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहेका राईलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले राससको ४ बर्षे कार्यकाल […]
रसायन हालेर पकाएको आँप बजारमा, उपभोक्ता मन्द विषको सिकार बन्दै
०७ असार २०७८ | कृष्ण सिंह | सर्लाही रसायन हालेर पकाएको भारतीय आँप सर्लाही जिल्लासहित तराईका स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ताहरु जान्दाजान्दै मन्द विषको सिकार बनिरहेका छन्। खासगरी प्राकृतिक रुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन/भदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने बैशाख सुरु भएदेखि नै आँपको बिक्री हुनथालेका छन् ।यहाँका बजारहरुमा […]
सर्लाही अस्पतालका बिरामीहरुलाई मलंगवा जेसिज द्वारा फलफुल वितरण
६ असार २०७८ | कृष्ण सिंह मलंगवा जेसिजले सर्लाही अस्पताल मलंगवामा उपचाररत बिरामीहरुलाई फलफुल तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । मलंगवा जेसिज २०२१ का अध्यक्ष जेसी सुनिल कुमार साहको संयोजकत्वमा आज(सनिवार)बिहान मलंगवा जेसिजका सदस्यहरु सहितको टोली अस्पतालमा पुगेर उपचाररत कोभिड तथा ननकोभिड दुवै खाले बिरामीहरुलाई फलफुल,माक्स र सेनिटाइजर वितरण गरेका हुन्। मलंगवा जेसिजका कार्यकारिणी […]
मलंगवामा नेविसंघको ३१ सदस्यीय नगर समिति गठन
६ असार २०७८ | कृष्ण सिंह सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ) को मलंगवा नगर समिति गठन गरिएको छ । सनिवार मलंगवा न.पा वडा न-८ स्थित पार्टीको आफ्नै कार्यालयमा ओम रंज कर्णको सभापतित्वमा ३१ सदस्यीय नगर समिति गठन गरिएको हो । समितिमा आकृती कर्ण उपसभापति,रफी अहमद सचिव, रंजना राउत कोषाध्यक्ष र […]
कतारले विश्वकप २०२२ हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क लगाइदिने
०७ असार २०७८ | मुलुक डेस्क कतारले विश्वकप २०२२ हेर्न आउने १० लाख दर्शकलाई को’रोनाभाइरसको खोप निशुल्क लगाइदिने भएको छ ।प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन ख’लिफा बिन अब्दुलजिज अल थानीले विभिन्न पत्रपत्रीकाको सम्पादकसंग गर्नुभएको कुराकानीमा खोप लगाउने कम्पनी संग छलफल भैरहेको बताउनुभएको छ । खोप नलगाउने दर्शकले भने विश्वकप हेर्न पाउनेछैनन् ।त्यस्तै विश्वकप […]
महाकालीको बाढी पस्दा ३६ परिवार विस्थापित
०७ असार २०७८ | मुलुक डेस्क भीमदत्तको भुजेला र दोधारा–चाँदनीको कुतियाकभर जलमग्न महाकाली नदीमा आएको बाढीले किनारका बस्तीहरू डुबानमा पर्दा ३६ परिवार विस्थापित भएका छन् । तटीय क्षेत्रमा रहेका भीमदत्तको भुजेला र दोधारा–चाँदनीको कुतियाकभर बस्तीमा बाढी पसेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महाकालीको बाढीले जोगबुढा नदी थुनिँदा दोधारा–चाँदनी–१० को कुतियाकभरमा २४ परिवारले घर छाडेका छन् । […]
पत्रकारलाई खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)
०६ असार २०७८ | मुलुक डेस्क सर्वोच्च अदालतले पत्रकारलाई कोभिड–१९ को खोपको माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश दिएको छ। कोरोना महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने पत्रकारहरुलाई खोप लगाउन पाउनुपर्ने मागसहित अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णुकुमार गिरीले रिट दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालले अन्तरिम आदेश दिएका हुन्। आदेशमा […]