No description available.

६ असार २०७८ | कृष्ण सिंह

मलंगवा जेसिजले सर्लाही अस्पताल मलंगवामा उपचाररत बिरामीहरुलाई फलफुल तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । मलंगवा जेसिज २०२१ का अध्यक्ष जेसी सुनिल कुमार साहको संयोजकत्वमा आज(सनिवार)बिहान मलंगवा जेसिजका सदस्यहरु सहितको टोली अस्पतालमा पुगेर उपचाररत कोभिड तथा ननकोभिड दुवै खाले बिरामीहरुलाई फलफुल,माक्स र सेनिटाइजर वितरण गरेका हुन्।

मलंगवा जेसिजका कार्यकारिणी उपाध्यक्ष जेसी रामलखन महतोद्वारा संचालित औपचारिक कार्यक्रमका बिच सर्लाही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवल किशोर झालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको मलंगवा जेसिजका प्रवक्ता जेसी समीर मिकरानीले बताउनुभयो ।

यस्तै सोही दिन जेसिजकै टिमले मलंगवा नगरपालिका वडा न-८ मा रहेको नेपाल बाल संगठन संस्थाले संचालन गरेको बाल गृहमा आश्रित बालबालिकाहरुको लागि पनि खाधान्न तथा स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ ।

खाधान्न , फलफुल तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा मलंगवा जेसिजका पुर्व अध्यक्ष जेसी राजनहरी श्रेष्ठ ,मानवअधिकारकर्मी मुकेश मिश्र ,जेसी सुवोधहरि राजोपाध्याय,मलंगवा नपा वडा न-८ का वडाध्यक्ष ईश्वरी श्रेष्ठ लगायत मलंगवा जेसिजका पुर्व तथा वर्तमान पदाधिकारीहरुको उपस्थिति रहेको प्रवक्ता मिकरानीले जनाएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *