०६ असार २०७८ | मुलुक डेस्क

सर्वोच्च अदालतले पत्रकारलाई कोभिड–१९ को खोपको माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश दिएको छ।

कोरोना महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने पत्रकारहरुलाई खोप लगाउन पाउनुपर्ने मागसहित अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णुकुमार गिरीले रिट दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालले अन्तरिम आदेश दिएका हुन्।

आदेशमा सबै पत्रकारलाई कोभिड–१९ विरुद्धको खोप प्राथमिकताका साथ उपलब्ध गराउन आदेश दिँदै प्रधानमन्त्रीको कार्यालयसमेतलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

Leave a Reply

Your email address will not be published.