
०७ असार २०७८ | मुलुक डेस्क
कतारले विश्वकप २०२२ हेर्न आउने १० लाख दर्शकलाई को’रोनाभाइरसको खोप निशुल्क लगाइदिने भएको छ ।प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन ख’लिफा बिन अब्दुलजिज अल थानीले विभिन्न पत्रपत्रीकाको सम्पादकसंग गर्नुभएको कुराकानीमा खोप लगाउने कम्पनी संग छलफल भैरहेको बताउनुभएको छ ।
खोप नलगाउने दर्शकले भने विश्वकप हेर्न पाउनेछैनन् ।त्यस्तै विश्वकप आयोजनाको तयारी तिव्र गतिमा बढिरहेको प्रधानमन्त्री अल थानीले बताउनुभएको छ । प्र’तियोगिताको फाइनल खेल आयोजना हुने लुसेल रंगशालाको काम ९० प्रतिशतले सकिएको र अल थुमामा र रस अबु अबौद रंगशालाको काम पनि सोचे अनुसार अगाडी बढिरहेको उहाँले थप्नुभयो ।
त्यस्तै गत चौबिस घण्टामा देशभर थप १८४ जनामा को’रोना भाइरस संक्रमण र १९७ जनालाई नि’को भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।आज भाइरस देखिएका मध्ये ९३ जना स्थानिय र ९१ जना अन्य देश बाट आएका यात्रुहरु हुन् ।
यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,२०,६९३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २१,१४० जनालाई परिक्षण गरिएको थियो ।नेपाल खबर