No description available.

६ असार २०७८ | कृष्ण सिंह

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ) को मलंगवा नगर समिति गठन गरिएको छ । सनिवार मलंगवा न.पा वडा न-८ स्थित पार्टीको आफ्नै कार्यालयमा ओम रंज कर्णको सभापतित्वमा ३१ सदस्यीय नगर समिति गठन गरिएको हो ।

समितिमा आकृती कर्ण उपसभापति,रफी अहमद सचिव, रंजना राउत कोषाध्यक्ष र अन्य सदस्य रहेका छन् । नेपाली काँग्रेस मलंगवा नगर समितिका सभापति चन्द्र किशोर साहको प्रमुख आतिथ्यता एवं पार्टीका नेता समीर मिकरानी,नेविसंघका नेता कैइमुल मिकरानी,धिरज थाहा यादव लगायतको आतिथ्यतामा नेविसंघको मलंगवा न.पा नगर समिति गठन गरिएको छ ।

सो अवसरमा बोल्दै पार्टीका नेता समीर मिकरानीले अब देशको जिम्मेवारी युवा पुस्ताको काँधमा आएकोले नेपालको विकास र नेपाली जनताको हितमा काम गर्न युवा पुस्ता मिलेर अघि बढ्नु पर्ने बताउँदै उनले पार्टीको तर्फबाट नव गठित नेविसंघ नगर समितिका सदस्यहरुलाई शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *